मिति : २०८१ ज्येष्ठ ९, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

स्वस्तिमालाई 'मोटरसाइकलमा' घुमाउने प्रदीपको धोको (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2017/05/08
श्रावण १३ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको बर्ष २०७२ को हिट फिल्म 'प्रेमगीत' को सिक्वेल 'प्रेमगीत २' मा समाबेश 'मोटरसाइकलमा' बोलको क्लब सङ्ग सार्वजनिक भएको छ । गीतमा फिल्मका लिड नायक प्रदीप खड्का र नायिका स्वस्तिमा खड्का एक डान्स क्लबमा मस्ती मूडमा देखिएका छन् । गीतको भिडियोमा नायक प्रदीपले नायिका स्वस्तिमालाई आफ्नो बुलेट बाइकमा राखेर शहर घुमाउने इच्छा व्यक्त गरेका छन् । 
 
सार्वजनिक गीतमा इन्दिरा जोशी र प्रताप दासको स्वर छ भने राजेश कुमार श्रेष्ठ र बबिनको शब्द र एलिस कार्कीको संगीत सुन्न सकिन्छ । भिडियोकी कोरियोग्राफर रेनिशा वान्तवा राई हुन् । 
 
आसुशेन फिल्मसको ब्यानरमा निर्माण भएको यो फिल्ममा प्रदीप खड्का, अश्लेषा ठकुरी, भुवन चन्द, कैलाश कटुवाल, कविता रेग्मी, शिशिर भण्डारी लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । फिल्मलाई सन्तोष सेनले निर्माण गरेका हुन् भने रामशरण पाठकले निर्देशन गरेका हुन् । फिल्मको कथा पनि निर्देशक पाठक आफैले लेखेका हुन् । 
यसअघि सार्वजनिक भएको फिल्म 'प्रेमगीत २' को शिर्ष गीत 'कहानी यो प्रेमगीत को' लाई पनि दर्शकहरुले अहिले खुबै मन पराइरहेका छन् ।