मिति : २०८१ ज्येष्ठ ८, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

'छक्का पन्जा' हिट तर नम्रता गुमनाम

मनिष अन्जान, काठमाण्डौ, 2017/05/08
गएको बर्ष रिलिज भएको बल्कबस्टर फिल्म 'छक्का पन्जा' ले सय दिन मनाउँदै गर्दा लगभग १७ करोड खल्तीमा हाल्यो । नेपाली फिल्म इतिहासमा नै सर्वाधिक व्यापार गर्ने फिल्मको सूचीमा उभिएको 'छक्का पन्जा' ले निर्देशकदेखी कलाकारहरुलाई पनि राम्रैसँग चम्कायो । हुनत, 'छक्का पन्जा' मा नाम चलेकै कलाकारहरु लिड रोलमा थिए तर एक अनुहार भने नेपाली दर्शकहरुका लागि लगभग नौलो नै थियो । ति अरु कोहिँ होइनन्, 'छक्का पन्जा' मा जितु नेपालकी प्रेमिका बनेकी नम्रता सापकोटा हुन् । 
 
उनको यो डेब्यू फिल्म भने थिएन । 'अन्तराल' बाट नेपाली रजतपपमा भित्रिएकी नम्रताले त्यसपछि अन्य केही फिल्ममा समेत काम गरिन् । तर, आफु अभिनित कुनै पनि फिल्म हिट सावित नहुँदा उनको बन्दै गएको मोडलिङ करिअर पनि ध्वस्त हुँदै थियो । यस्तैमा उनले ठूलो ब्रेक पाइन् फिल्म 'छक्का पन्जा' मा । फिल्ममा विष्णुको भूमिकामा देखिएकी नम्रतालाई दर्शकहरुले राम्रै नोटिस गरे । अझ सरस्वती उर्फ जितु नेपालकी गर्लफ्रेन्डको भूमिकामा देखिएका कारणले पनि नम्रताले राम्रै चर्चा पाइन् । तर, विडम्वना 'छक्का पन्जा' हिट भएपनि नायिका नम्रताले त्यसको स्वाद मज्जैले चाख्न भने पाइनन् । 
 
फिल्ममा अर्का दुई लिड हिरोइन थिए प्रियंका कार्की र बर्षा राउत । नम्रताको भन्दा फिल्ममा प्रियंका र बर्षाको भूमिका बलियो थियो । 'छक्का पन्जा' मा मुख्य भूमिकामा रहेका अन्य दुई नायिकाकै कारण नायिका नम्रता सापकोटा छाँयामा परिन् । प्रियंका र बर्षाको भूमिकाको अगाडि दर्शकहरुले नम्रताको भूमिकालाई बेजोड भन्ने मौका पाएनन् । यदी फिल्ममा नम्रताले प्रियंका र बर्षा मध्येको एक भूमिका पाएको भए सायद उनलाई 'छक्का पन्जा' हिट हुनेले राम्रै महत्व राख्थ्यो होला तर छोटो भूमिका भएका कारण नम्रतालाई 'छक्का पन्जा' हिट भएपनि खासै लाभ भएन । तर, 'छक्का पन्जा' हिट भएपछि उनको व्यस्तत भने गज्जबले बढेको छ । अहिले उनी टीभीसी, पेपर एड र भिडियोको काममा पहिलाभन्दा व्यस्त छिन् । तर, फिल्मबाट भने उनको माग छैन् । 
 
 
अहिले 'छक्का पन्जा' को सिक्वेल निर्माण हुदैछ 'छक्का पन्जा' । पहिलो भागका भएका अधिकांश कलाकारहरु 'छक्का पन्जा २' मा दोहोरिएका छन् तर नम्रता फिल्ममा छिन् वा छैनन् यसको विषयमा भने अहिलेसम्म निर्माणपक्षले कुनै जानकारी दिएको छैन् । 'छक्का पन्जा' रिलिज भएपछि अहिले नम्रता अभिनित म्यूजिक भिडियो दिनमै एउटा सार्वजनिक भैरहेका हुन्छन् तर फिल्मबाट भने उनलाई राम्रो ब्यानर, उत्कृष्ट कथावस्तु र दमदार भूमिका भएको स्क्रिप्ट बोकेर निर्माताहरु उनको घरको दैलो सम्म पुगेका छैनन् । 
 
१७ करोडको विजनेश गरेको फिल्मकी नायिका नम्रता सापकोटालाई आफ्नो फिल्ममा लिड रोलमा लिन अझै पनि निर्माताहरु डराइरहेका छन् । कारण, उनलाई नै हेर्न भनेर दर्शकहरु सिनेमा हलमा छिर्ने माहोल अझै बन्न सकेको छैन् । छोटो भूमिका निर्वाहा गर्दा फिल्मका अन्य लिड कलाकारले छाँयामा पर्ने भएका कारण पनि अहिले नम्रता आफै लिड रोल रहने फिल्मको खोजीमा छिन् ।