मिति : २०८१ ज्येष्ठ ९, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

'बाहुबली' को टिभी सिरिज घोषणा

एजेन्सी, मुम्बई, 2017/05/08
'बाहुबली द कनक्लूजन' ले कमाईको सबै रेकर्ड तोडिसकेको छ । ८ दिनमा 'बाहुबली' ले ९ सय करोडमाथीको विजनेश गरेको छ । फिल्मको सक्सेसलाई देख्दै प्रोड्यूसर शोबू यरलागाले 'बाहुबली' को टिभी सिरिज ल्याउने घोषणा गरेका छन् । शोबूको खबरलाई आधार मान्ने हो भने फिल्मको दुई पार्ट्सलाई लिएर १० देखी १५ एपिसोडको टिभी सिरिज ल्याइनेछ । यो सिरिजको हिन्दीमा बनाइनेछ र पछि दोस्रो भाषामा पनि डब गरिनेछ । टिभीमा 'बाहुबली' माथी टिभी सिरिज बन्न लागेपनि यसभन्दा पहिला नै यस्ता केही टिभी शोज छन्, जुन सक्सेसफुल फिल्ममाथी बेस्ड छन् । 
 
१. टिभी शो पेशवा बाजीराव रणवीर सिंह, दीपिका पादुकोण र प्रियंका चोपड़ा स्टारर फिल्म 'बाजीराव मस्तानी' माथी बेस्ड छ । 
 
२. ऋतिक रोशन र ऐश्वर्या राय बच्चन स्टारर 'जोधा अकबर' माथी टिभी शो 'जोधा अकबर' बनेको छ । यो टिभी सिरिज एकता कपूरले बनाएकी हुन्, जसले दुई बर्षसम्म दर्शकहरुको मन जितेको थियो । 
 
३. अजय देवगन, पूजा भट्ट र सोनाली बेन्द्रे स्टारर फिल्म 'जख्स' को कन्सेप्टमाथी २०१६ मा 'नामकरण' सुरु भएको थियो । शोको कन्सेप्ट लिभइन रिलेशनशिपपछि भएको बच्चामा आधारित छ । 
 
४. टिभी शो 'नागिन' को कन्सेप्ट ऋषि कपूर र श्रीदेवीको फिल्म 'नागिना' माथी बेस्ड छ । शोमा लिड रोल मोनी रोय प्ले गरिरहेकी छिन् । 
 
५. आयुष्मान खुराना र भूमि पेडनेकर स्टारर फिल्म 'दम लगा के हाइशा' माथी गएको बर्ष 'बढ़ो बहू' सुरु भएको छ । 
 
६. टिभी 'जमाई राजा' अनिल कपूर, हेमा मालिनी र माधुरी दीक्षित स्टारर फिल्म ुजमाई राजाु माथी बेस्ड छ । 
 
७. टिभी शो 'परदेश में है मेरा' शाहरुख खान र महिमा चौधरीको फिल्म 'परदेश' बाट इन्स्पायर छ ।