मिति : २०८१ ज्येष्ठ ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'धनपति' खगेन्द्र साइकलमा

फिल्मीखबर, काठमाण्डौ, 2017/05/07
फिल्म 'पशुपति प्रसाद' को व्यवसायिक सफलतापछि टुकी आर्ट्स प्रा. लि.ले दीपेन्द्र के. खनाल प्रोडक्सनसँगको सहकार्यमा निर्माण गरेको दोस्रो फिल्म 'धनपति' को फस्ट लुक पोष्टर रिलिज भएको छ । 'धनपति' को फस्ट लुक पोष्टर सार्वजनिक गर्दै निर्माणपक्षले जारी गरेको विज्ञप्तीमा भनिएको छ, 'राजनीतिक विरासत बोकेको सानाकाजी उर्फ धनपती द्वन्द्वको चपेटामा परी पूर्वी तराईबाट राजधानी आएर बसेको हुन्छ । गर्जो टार्नका लागि सानो रेष्टुरेन्टमा काम गर्नुको अलावा उसँग अन्य आयस्रोत छैन । ऊ आफ्नो इमान बेच्न चाहदैन । 'धनपती' छोरीलाई बोर्डिङ स्कुलमा पढाउन चाहन्छ ।' 
 
सार्वजनिक पोष्टरमा खगेन्द्र उर्फ धनपती आफ्नी श्रीमती सुरक्षा पन्त र छोरीलाई साइकलमा राखेर हिँडिरहेका छन् । असार २३ गतेबाट रिलिज हुन लागेको यो फिल्ममा खगेन्द्र लामिछानेको लेखन तथा शिर्ष भुमिका छ । फिल्ममा खगेन्द्र र सुरक्षाका अलवा आशान्त शर्मा, मनिष निरौला, सुरभी बर्तौला, हरिहर शर्मा, रवी गिरी, कमल देवकोटा, प्रकाश घिमिरे लगायतका कलाकारहरुको पनि मुख्य भूमिका छ । सुर्य थोकरको द्धन्द्ध निर्देशन रहेको फिल्ममा शैलेस श्रेष्ठको पाश्र्व संगीत, आधासुरको संगीत छ । 
 
निर्देशक दीपेन्द्र के. खनालले फिल्मको विषयमा जानकारी दिँदै भने, ‘मेरो फिल्मी जीवनमा सबैभन्दा बढी दुःख गरेर बनाएको फिल्म धनपति हो । दर्शकले फिल्म हेर्दा रियल लोकेशनमा कसरी खिचे होलान्यो फिल्म भनेर आँखा ठूला ठूला बनाउनु हुनेछ ।’ 
 
ओम गुरुङ सहायक निर्माता रहेको यो फिल्ममा रजना नापित र समीर देवकोटा सह-निर्माताको रुपमा रहेका छन् । फिल्मका निर्माता रोजिना सिटौला हुन् । फस्ट लुक सार्वजनिक गर्दै फिल्मका मुख्य कलाकार एवं लेखक खगेन्द्र लामिछानेले भने, ‘पशुपति प्रसाद हेरिसक्नु भएका दर्शकले मबाट अलि बढी अपेक्षा राख्नुलाई मैले स्वभाविक रुपमा लिन्छु । मलाई विश्वास छ दर्शकको त्यो अपेक्षालाई 'धनपति'ले पुरा गर्नेछ ।’