मिति : २०८१ ज्येष्ठ ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

श्रद्धाले गरिन् आफू हाफ गर्लफ्रेन्ड रहेको खुलासा

एजेन्सी, मुम्बई, 2017/05/07
बलीउड अभिनेत्री श्रद्धा कपुरले आफू कसैको हाफ गर्लफ्रेन्ड रहेको खुलासा गरेकी छन् । ३० वर्षीय अभिनेत्री कपुरले फिल्म ‘हाफ गर्लफ्रेन्ड’ को प्रचारको क्रममा यस्तो खुलासा गरेकी हुन् । उनले भनिन्, 'मैले पनि कुनै समय कसैलाई चाहेको थिएँ, प्रेम गरेको थिएँ तर वचन दिएकी थिइनँ ।'  तर, आफू कसको हाफ गर्लफ्रेन्ड थिएँ भन्नेबारे श्रद्धाले खुलाउन चाहिनन् ।
 
युवतीले कसैलाई चाहनु, प्रेम गर्नु तर प्रेमबारे वचन नदिन नै उनी हाफ गर्लफ्रेन्ड भएको प्रकाश पारिन् । उनले थपिन्, 'यस्तो प्रेमले दुःखी बनाउँछ र सम्बन्ध अधुरो रहन्छ ।' श्रद्धा र अर्जुन कपुरले अभिनय गरेको फिल्म 'हाफ गर्लफ्रेन्ड' १९ मेमा रिलिज हुँदैछ ।