मिति : २०८१ ज्येष्ठ ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

वान सटमा 'जालो' खिच्दाको दुख हेर्नूस् (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2017/05/07
जेष्ठ १९ गतेबाट देशव्यापी रिलिज हुन लागेको फिल्म 'जालो' को विषयमा प्राय धेरै कुराहरु तपाईहरुलाई थाहा नै छ । नेपालमा मात्र होइन विश्वमा नै पहिलो पटक वान सटमा खिचिएको फिल्म हो 'जालो' र 'जालो रिर्टन्स' । 'जालो' को सिक्वेलको भने अहिलेसम्म रिलिज डेट लक भैसकेको छैन । 
 
केही महिनादेखी 'जालो' र 'जालो रिर्टन्स' वान सटमा खिचिएको खबर बाहिरिएपछि दर्शकहरुमा उत्सुकता थियो कि कसरी खिचियो होला त वान सटमा दुई फिल्म ? फिल्मको निर्माणपक्षले दर्शकहरुको उत्सुकतालाई दुई फिल्म खिच्दाको दुखलाई एक भिडियोमार्फत देखाएको छ । एउटा घरमा एक दर्जन भन्दा बढी कलाकार तथा प्राविधिकको साथमा खिचिएको यो फिल्मले गिनिज बुकमा नाम लेखाउने तयारी पनि गरेको छ ।
 
अराज केवश गिरीको लेखन तथा निर्देशन रहेको फिल्म ‘जालो’ मा  नीर शाह, अनुपविक्रम शाही, निराजन प्रधान, मेनुका प्रधान, रेमनदास श्रेष्ठ, मुना गौचन, लक्ष्मी गिरी लगायत कलाकारहरुको अभिनय रहेको । अराज र मोहित मुनालको संयुक्त लगानीमा ‘जालो रिटर्न्स’ समेत निर्माण भैसकेको छ ।