मिति : २०८१ ज्येष्ठ ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

आमिर गर्दैछन् छोरीसँग रोमान्स

एजेन्सी, मुम्बई, 2017/05/07
फिल्म दंगलमा गीता फोगाटको भूमिका निर्वाहा गरेपछि रातारात चर्चामा आएकी एक्ट्रेस फातिमा सना शेख एकपटक फेरी बलीउडस्टार आमिर खानसँग देखिने भएकी छिन् । खासमा, आमिरको नयाँ फिल्म 'ठग्स अफ हिन्दोस्तान' का लागि हिरोइनमा फातिमाको नाम फाइनल भएको छ । यो फिल्मका लागि आलिया भट्ट, श्रद्धा कपूर, कृति सेनन र सैफ अली खानकी छोरी सारा अली खान लगायतका हिरोइनहरुको नाम पनि अगाडि आएको थियो । 
 
डायरेक्टर विजय कृष्ण आचार्यले भने, 'फिल्मका लागि हामीले निकै अडिशन्स लियौं र एक्सन वर्कसप पनि गर्यौ । फाइनली हामीले फातिमालाई सिलेक्ट गरेका छौं । फातिमा डेडिकेटेड एक्ट्रेस हुन् र हामी यो कुराबाट निकै खुशी छौं कि हामीले उनलाई फाइनल गरेका छौं ।' 'धूम ३' पछि आमिर खान र विजय कृष्ण आचार्यको यो दोस्रो फिल्म हो ।
 
नोवेल 'कन्फेशन अफ अ ठग' मा बेस्ड यो फिल्मको छायांकन १ जूनबाट सुरु हुँदैछ । फिल्ममा आमिर खान र फातिमा सना शेखका अलवा अमिताभ बच्चन र ज्याकी श्राफ पनि छन् ।