मिति : २०८१ ज्येष्ठ ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'रमिता' ले गर्ला दीलिप र रजनीलाई फाइदा ?

फिल्मीखबर, काठमाण्डौ, 2017/05/07
एक समय यस्तो थियो नायक दीलिप रायमाझीलाई फिल्मबाट एकदिन पनि फुर्सद हुँदैन थियो । अझ आजभन्दा १६ बर्ष अगाडि रिलिज भएको सुपरहिट फिल्म 'दर्पण छाँया' पछि त दीलिपले दिनमै दुई फिल्मको सुटिङ समेत गर्न भ्याएका थिए । तर, अहिले दीलिपलाई न फिल्मबाट अफर नै आउँछ नत दर्शकहरु नै उनको फिल्मको प्रतिक्षा गर्ने गर्छन । 
 
राम्रो ब्यानर, उत्कृष्ट कथावस्तु र दमदार भूमिका भन्दा पनि पारिश्रमिक चित्त बुझे फिल्म छुटाइनहाल्ने दीलिप अहिले स-परिवारसहित अमेरिकामा बस्छन् । फिल्ममा घट्दो मागका कारण उनले सन्तान र आफ्नै करिअर सुरक्षित सायद अमेरिकामा देखे र उनी पनि अन्य धेरै पुराना सेलिव्रेटी जस्तै अमेरिकाकै बाटो रोजे । श्रीमती र एक छोरी अमेरिकामा रहेपनि दीलिप भने प्राय नेपालमै रहन्छन् । नेपाली दर्शकहरुले दीलिप अभिनित फिल्म गएको बर्षदेखि हेर्न पाएका छैनन् । 
 
अहिले दीलिप रंजित कुमार केसीको निर्देशनमा बन्न लागेको फिल्म ‘रमिता’मा व्यस्त छन् । फिल्ममा उनको जोडी नायिका रजनी केसीसँग बाँधिएको छ । फिल्मको छायाँकन गएको शुक्रबार पर्वत जिल्लाको एक गाँउबाट सुरु भएको छ । 
 
पर्वतको एक गाउँको कथामा निर्माण हुन लागेको ‘रमिता’मा रजनीले पर्वत गाउँकी एक चुलबुले केटीको भुमिका निर्बाह गर्दैछिन्, भने दिलिप उनको अपोजित भुमिकामा देखिदैछन् । इस्वर प्रसाद कडेल र रंजित कुमार केसीले मिलेर बनाउन लागेको चलचित्र शिवराम श्रेष्ठले पर्दामा उतार्दैछन् ।
 
यो फिल्म नायक दीलिप रायमाझी र रजनी केसीका लागि विशेष छ किनकी यो फिल्म राम्रो चले दुवैलाई आफ्नो करिअरमाथी उठाउन मद्दत पुग्नेछ ।