मिति : २०८१ ज्येष्ठ ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

पहिलो हप्तामा कति कमायो 'बाहुबली २' ले ?

एजेन्सी, मुम्बई, 2017/05/07
फिल्म ‘बाहुबली २’ ले भारतीय बक्स अफिसमा ५ सय करोडभन्दा बढीको विजनेश गरेको छ । खबरका अनुसार, फिल्मले एक हप्तामा मात्र ५३४ करोडको कमाई गरेको छ । यो फिल्मले आफ्नै फिल्म ‘बाहुबली : द बिगिनिंग’ को रेकर्ड समेत तोडेको छ । घरेलू बक्स अफिसमा ‘बाहुबली’ को पहिलो भागले लाइफटाइम रनमा ४२० करोडको विजनेश गरेको थियो र देशमा सबैभन्दा बढी कमाई गर्ने फिल्मको सूचीमा दर्ता भएको थियो ।  
 
'बाहुबली २' को हिन्दी भर्जनले एक हप्तामा २४७ करोडको विजनेश गरेको छ । ‘बाहुबली : द कनक्लूजन’ को रिलिजपछि सिनेमाघरमा दर्शकहरुको यस्तो भिड लागेको छ कि यसले सबैभन्दा बढी कमाई गर्ने फिल्मको रेकर्ड समेत बनाएको छ । 
 
एसएस राजामौली निर्देशित यो फिल्ममा प्रभास, राणा दग्गुबती, अनुष्का शेट्टी, तमन्ना भाटिया, राम्या कृष्णन, सत्यराज लागयतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।