मिति : २०८१ ज्येष्ठ ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 4.80/5.00)
Text size:-
+
-

कोशिशकी 'जिन्दगानी' नम्रता (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2017/05/06
जेष्ठ १२ गतेबाट देशव्यापी रिलिज हुन लागेको नायिका नम्रता श्रेष्ठ र नायक कोशिश क्षेत्रीको लिड रोल रहेको फिल्म 'पर्व' को रोमान्टिक गीत रिलिज भएको छ । 'पर्व' मा समाबेश आइटम गीत 'काले दाई' ले युट्युबमा करोड बढी भ्यू पाएपछि निर्माणपक्षले नम्रता र कोशिश फिचरिङ 'जिन्दगानी तिमी' बोलको रोमान्टिक गीत सार्वजनिक गरेको हो । गीतको भिडियोले नायिका नम्रता र नायक कोशिशको प्रेमभाव बोल्छ । गीतमा फिल्मका लिड नायक कोशिश क्षेत्रीको स्वर, शब्द र संगीत सुन्न सकिन्छ । 
 
यो फिल्ममा नम्रता श्रेष्ठ, कोशिश क्षेत्री, माला लिम्बु, जेबिका कार्कीको मुख्य भूमिका छ। दिनेश राउतको निर्देशनमा बनेको फिल्मलाई सुवास गिरी र निकिता पौडेलले मिलेर निर्माण गरेका हुन् ।  
 
गोपिकृष्ण मुभिजको निर्माण र सुवास इन्टरटेन्मेन्टको सहकार्यमा यो फिल्म निर्माण भएको हो। फिल्ममा राजेश श्रेष्ठको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, कोशिश क्षेत्रीको संगीत छ।