मिति : २०८१ ज्येष्ठ ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.00/5.00)
Text size:-
+
-

'ग्याङ्गस्टर ब्लूज' टीजर : आना र आशिरमानको प्रेममा को बन्यो भिलेन ?

फिल्मीखबर, काठमाडौं, 2017/05/06
'जेरी', 'होस्टेल', 'गाजलु' लगायतका हिट फिल्म निर्देशन गरिसकेका निर्देशक हेमराज बिसी निर्देशित फिल्म 'ग्याङ्गस्टर ब्लूज' को टीजर रिलिज भएको छ । टीजरमा डेब्यू नायक आशिरमान देशराज जोशी, अभिनेत्री आना शर्मासँगै संयम पुरी र रोजिशा शाही ठकुरी फिचरिङ छन् । फिल्मको नाम जस्तै टीजर ग्यङ्गस्टर छ । 
 
'ग्याङ्गस्टर ब्लूज' बाट नेपाली रजतपटमा भित्रिएका आशिरमान देशराजको एक्सन अवतार टीजरमा विशेष देख्न सकिन्छ भने नायिका आनासँग उनको रोमान्स पनि हेर्न पाइन्छ । अभिनेत्री रोजिशा भने आना र आशिरमानको प्रेममा भिलेन अवतारमा प्रस्तुत भएको टीजरले छनक दिन्छ । 
 
सरोज न्यौपानेले निर्माण गरेको यो फिल्मको नेपालगंजबाट सम्पुर्ण छायांकन सकिएको थियो । भदौ २ लाई प्रदर्शन मिति तय गरेको फिल्मलाई शैलेन्द्र डि कार्कीले खिचेका हुन् । 'ग्याङ्गस्टर ब्लूज' मा कालिप्रसाद बाँस्कोटाको संगीत छ ।