मिति : २०८१ ज्येष्ठ ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'काले दाई' को रेकर्ड, हेरियो करोड पटक

फिल्मीखबर, काठमाडौं, 2017/05/06
हलीउड, बलीउड फिल्मका गीतले रिलिज भएको एक हप्ता पनि ननाघ्दै युट्युबमा करोड भ्यू पाउँछन् । अहिले नेपालमा पनि राम्रै बजार पिटेका गीतहरुले युट्युबमा करोड भ्यू पाउनु सामान्य बन्दै गएको छ । गएको बर्ष 'छक्का पन्जा' को 'पूर्व पश्चिम रेल' र 'लुट २' को 'ठमेल बजार' बोलको गीतले करोड भ्यू पाएका थिए । यस्तै, यस बषको जेठ १२ गतेबाट रिलिज हुन लागेको फिल्म 'पर्व' को 'काले दाई' बोलको गीतको भिडियोले पनि युट्युबमा करोड भ्यू पाएको छ । 
 
युट्युबमा सार्वजनिक भएको ५ महिनामा यो गीतले करोड भ्यू पाएको हो । तर, एउटा कुरा के अचम्मको छ भने 'काले दाई' बोलको गीत युट्युबमा हिट भएपनि अझै पनि दर्शकहरुलाई यो कुन फिल्मको गीत हो भन्ने थाहा छैन् । मिना निरौला र निश्चल बस्नेतको स्वर, कोशिश क्षेत्रीको संगीत र दिनेश राउतको शब्द रहेको यो गीतको भिडियोमा माला लिम्बु र निश्चल बस्नेतले ठुम्का लगाएका छन् । कविराज गहतराजले यो भिडियोको कोरियोग्राफी गरेका हुन् भने राजेश श्रेष्ठले खिचेका हुन् ।
 
फिल्म 'पर्व' मा नम्रता श्रेष्ठ, कोशिश क्षेत्री, माला लिम्बु, जेबिका कार्कीको मुख्य भूमिका छ। दिनेश राउतको निर्देशनमा बनेको यो फिल्मलाई सुवास गिरी र निकिता पौडेलले मिलेर निर्माण गरेका हुन् ।