मिति : २०८१ ज्येष्ठ ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

'घामपानी' का असई भन्छन्, 'हिरो बन्न आको भिलेन भैयो'

फिल्मीखबर, काठमाण्डौ, 2017/05/06
के तपाईहरुले २०७४ बैशाख १ गते रिलिज भएको फिल्म 'घामपानी' हेर्नुभयो ? यदी हेर्नु भएको छ भने नायक दयाहाङ राई र नायिका केकी अघिकारीसँगै फिल्ममा असई कमल प्रसाद अधिकारीको भूमिका निर्वाहा गरेका अंकित खड्कालाई पनि पक्कै राम्रैसँग नोटिस गर्नुभयो होला । अंकितले 'घामपानी' मा गरेको अभिनयको यतिबेला चौतर्फी तारिफ भैरहेको छ । 
 
'घामपानी' फिल्मबाटै ठूलो पर्दामा पाइला अगाडि बढाएका अंकित खासमा रंगमञ्चका कलाकार हुन् । अनामनगरमा रहेको मण्डला थ्रिएटरमा मञ्चन हुने अधिकांश नाटकहरु अंकित विभिन्न भूमिकामा देखिँदै आइरहेका छन् । पहिलो पटक 'घामपानी' फिल्मबाट ठूलो पर्दामा जम्प मारेका उनले अब फिल्म र नाटकमा समय मिलाएर काम गर्ने बताए । उनले भने, 'नाटक छाडेर म फिल्ममा काम त गर्दिन् तर नाटकबाट समय मिलेको खण्डमा फिल्ममा पनि काम गर्छु ।' 
 
एक भेटको क्रममा हामीले अंकितलाई सोध्यौ 'फिल्ममा कसरी भित्रिनु भयो ?' उनले जवाफ दिँदै भने, 'फिल्म खेल्ने त मेरो पहिला देखिकै सोच थियो । म सुरुमा त फिल्मको हिरो बन्नकै लागि भनेर गाउँबाट काठमाडौं आएको थिए । पछि काठमाडौंमा हिरो बन्नका लागि धेरै भौतारिए । पछिल्लो समय चाहिँ मण्डला थ्रिएटरमा आएपछि अलिकति सोच परिवर्तन भयो कि हिरो नै बन्नु पर्छ भन्ने छैन् क्यारेक्टर गर्न पनि सकिन्छ । काम गर्नु हो ।' 
 
 
उनको यो उत्तरपछि हामीले फेरी यही विषयमा प्रश्न गर्यो 'हिरो बन्न चाहिँ किन सक्नु भएन ?' अनि उनले जवाफ फर्काए, 'हिरो बन्ने कोशिश त धेरै नै गरियो तर त्यति बेलाको माहोल नै यस्तो थियो कि हिरो बन्नका लागि पैसा चाहिन्थ्यो । मसँग पैसा थिएन । त्यतिबेला पैसा लगाएर हिरो बन्न चलन खुबै मौलाएको थियो । त्यही कारणले हिरो बन्न पाइन र सायद हिरो बन्नका लागि मेरो उमेर पनि पुगेको थिएन होला ।' 
 
भारतको मेघालयमा जन्मिएका उनको बाल्यकाल सिन्धुपाल्चोकको लाँगर्चे गाविसमा बितेको थियो। पाँच दाजुभाइमध्ये कान्छा उनकी एक दिदी छिन्।  पछिल्लोपटक ‘युमाु नामक नाटकमा अभिनय गरेका उनले ‘जारु, ‘माथापञ्चरु, ‘वैतणी क्याफेु,’छिद्र क्यानभासु र ‘योजना पार्कुलगायतमा अभिनय गरिसकेका छन्।