मिति : २०८१ ज्येष्ठ ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

दीपक क्षेत्रीलाई अमेरिकाबाट ९ लाख ७० हजार सहयोग प्रदान

फिल्मीखबर, काठमाण्डौ, 2017/05/05
घाँटीको क्यान्सर रोगबाट पीडित कलाकार दीपक क्षेत्रीलाई अमेरिकाबाट ९ लाख ७० हजार हस्तान्तरण गरिएको छ । शुक्रवार क्षेत्रीकै निवासमा अभिनेत्री करिश्मा मानन्धरले ४ लाख ७० हजार रकम हस्तान्तरण गरिन् । यसअघि नै दीपक क्षेत्रीलाई अभिनेत्री पूजा चन्दले अमेरिकाबाट संकलित रकम मध्येबाट पहिलो चरणमा पाँच लाख रुपैयाँ हस्तान्तरण गरेकी थिइन् । 
 
अमेरिकामा रहेका नेपाली कलाकर्मीहरुद्वारा सन्चालित 'कलाकार दिपक क्षेत्री उपचार सहयोग अभियान' का संयोजक सुरेश दर्पण पोखरेलले एक विज्ञप्ती जारी गर्दै कलाकार दीपक क्षेत्रीको उपचारका लागि सहयोग गर्ने सम्पूर्ण अमेरिकाबासी नेपालीहरुलाई धन्यवाद व्यक्त गरेका छन् । 
 
सञ्चारमाध्यममा बिरामी कलाकार दीपक क्षेत्रीको अन्तरवार्ता प्रकाशन-प्रशारण भएपछि संसारभरका नेपालीहरुबाट सहयोग आईरहेका छन् । काठमाडौंको हिमाल अस्पताल नक्सालका बरिष्ट डाक्टर विमल सिन्हाको टोलीले दुई हप्ता अगाडि कलाकार क्षेत्रीको घाँटीको शल्यक्रिया गरेको थियो, जसमा उनको घाँटीमा क्यान्सर भएको पृष्टि भएको थियो । 
 
'भोकल कर्ड' मा क्यान्सर भएपछि क्षेत्रीले स्वर गुमाउँदै गएका थिए । उपचारमा संलग्न चिकित्सकले क्षेत्रीलाई पहिलो चरणको क्यान्सर भएको बताएका छन् । झण्डै चार बर्षदेखी क्षेत्रीको घाँटीमा समस्या आएको थियो ।