मिति : २०८१ ज्येष्ठ ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नवराज लम्साललाई सम्मान, सुवेदी, पौडेल र राउतलाई पुरस्कार

फिल्मीखबर, काठमाण्डौ, 2017/05/05
चलचित्र पत्रकार संघ, नेपालको शुक्रबार बसेको कार्यसमिति बैठकले रेडियो नेपालका कार्यक्रम महाशाखा प्रमूख डा. नवराज लम्साललाई चलचित्र पत्रकारिता सम्मान प्रदान गर्ने भएको छ । लम्सालले चलचित्र पत्रकारितामा पुर्‍याएको योगदानको कदर गर्दै संघले सम्मान गर्न लागेको हो । 
 
त्यस्तै, अनलाइनखबर डटकमम मनोरञ्जन विधाको पत्रकारितामा लामो समयदेखी कार्यरत विजय सुवेदी (आवाज) र सगरमाथा टेलिभिजनमा कार्यरत पारस पौडेललाई चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । चलचित्र पत्रकारितामा देखिएको सक्रियता र योगदानको कदर गर्दै विजय आवाज र पारस पौडेललाई पुरस्कृत गर्न लागिएको संघका महासचिव अनिल यादवले जानकारी दिए । पुरस्कार स्वरुप रु.२१ हजार नगद, ताम्रपत्र र ट्रफी प्रदान गरिनेछ । यसअघि पुरस्कार राशी रु.१५ हजार रहेकोमा यसपटकदेखी वृद्धि गरिएको हो । 
 
साथै, पहिलोपोस्ट डटकममा कार्यरत स्वेच्छा राउतलाई चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार प्रदान गरिने भएको छ । पत्रकारितामा आवद्द भएको छोटो समयमा नै चलचित्र पत्रकारितामा सक्रिय स्वेच्छालाई प्रोत्साहन स्वरुप पुरस्कार दिन लागिएको हो । प्रोत्सान पुरस्कारमा १ थान ल्यापटप, ताम्रपत्र र ट्रफी रहनेछ । आगामी जेठ ७ मा हुन गईरहेको १८ औं स्थापना दिवसको अवसरमा सम्मान तथा पुरस्कार प्रदान गरिनेछ । 
 
'फिल्म खबर डटकम' को तर्फबाट सम्मानित तथा पुरस्कृत सबैलाई हार्दिक बधाई ।