मिति : २०८१ ज्येष्ठ ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हराइन् मनिषा कोइराला !

एजेन्सी, मुम्बई, 2017/05/05
अचम्म नमान्नुहोस्, नेपाली मुलकी बलीउड अभिनेत्री मनिषा कोइराला रियलमै हराएकी भने होइनन् । क्यान्सर रोगबाट निको भएपछि बलीउडमा मनिषाले कमब्याक गरेको फिल्म 'डियर माया' को हालैमा ट्रेलर रिलिज भएको छ, जसमा उनी हराएकी छिन् । 
 
मनिषा, डायरेक्टर इम्तियाज अलीका असिस्टेन्ट सुनैना भटनागरको फिल्म 'डियर माया' मा उनले एक पाको, निरिह महिलाको भूमिका निर्वाहा गरेकी छिन् । यो फिल्म यसै बर्षको जुन २ मा रिलिज हुँदैछ । 
 
बताइदिउँ, संजय दत्तको बायोपिकमा पनि मनिषा देखिँदैछिन् । 'सौदागर', '१९४२ : अ लव स्टोरी' र 'बम्बे' जस्ता फिल्महरुमा काम गरिसकेकी मनिषालाई डिसेम्बर २०१२ मा ओवेरियन क्यान्सर भएको थियो । त्यसपछि उनी उपचारका लागि ६ महिना अमेरिका बसिन् । २ मे, २०१३ माम मनिषा पूर्ण रुपमा क्यान्सरबाट मुक्त भएकी थिइन् ।