मिति : २०८१ ज्येष्ठ ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'बाहुबली २' मा कसको पारिश्रमिक कति ?

एजेन्सी, मुम्बई, 2017/05/05
२८ अप्रिलबाट विश्वभर एकसाथ प्रदर्शनमा आएको दक्षिण भारतीय फिल्म 'बाहुबली २' ले पहिलो हप्तामा ७ सय करोडमाथीको विजनेश गरेको छ । २७० करोडमा निर्माण भएको यो फिल्मले रिलिज अगावै ५०० करोड खल्तीमा हालिसकेको छ । कुरा क्रिटिक्सको गर्ने हो भने फिल्म र स्टारकास्ट प्रभास, अनुष्का शेट्टी, राणा दग्गूबती, र तमन्नाको अभिनयलाई निकै रुचाइएको छ । 
 
तर, यो उत्कृष्ट परफर्मेंसका लागि स्टारकास्टले कति पारिश्रमिक लिएका थिए होला ? यो सायद तपाईहरु पनि जान्न इच्छुक हुनुहुन्छ होला ।  हालैमा एक भारतीय अनलाइनले यसको खुलासा गरेको छ । वेबसाइटको खबरलाई आधार मान्ने हो भने फिल्मका लागि 'बाहुबली' उर्फ प्रभासले २५ करोड भारतीय रुपैयाँ लिएका थिए ।
 
त्यस्तै, राणा दग्गूबती उर्फ 'भल्लालदेव' ले १५ करोड, अनुष्का शेट्टी उर्फ 'देवसेना' ले ५ करोड, तमन्ना भाटिया उर्फ 'अवन्तिका' ले ५ करोड, राम्या कृष्णन उर्फ 'शिवगामी' ले २.५ करोड र सत्यराज उर्फ 'कटप्पा' ले २.५ करोड पारिश्रमिक लिएका थिए ।