मिति : २०८१ ज्येष्ठ ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

ट्रेलरमा हेर्नूस् ऋचाको 'आधा लभ' (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2017/05/05
एकपछि अर्का अभिनेता/अभिनेत्रीहरु निर्माता बन्ने भिडमा नायिका ऋचा शर्मा पनि थपिएकी छिन् । उनी पहिलो पटक आफ्नो होम प्रोडक्सनबाट निर्माण भएको फिल्म 'आधा लभ' बाट निर्मात्रीको रुपमा उदाएकी छिन् । बिहीवार राजधानीमा एक कार्यक्रमका बीच यो फिल्मको ट्रेलर रिलिज गरिएको छ । ट्रेलरले मानिसको जीवनमा आउने अनेकौं दुख र संघर्षको कथा बोल्छ । 
 
दयाहाङ राई र प्रियंका कार्कीको लिड रोल रहेको फिल्म 'लाल्टिन' सँग जेष्ठ २६ गतेबाट अलनेपाल रिलिज हुन लागेको 'आधा लभ' लाई कलाकार अर्पण थापाले निर्देशन गरेका हुन् । अर्पण फिल्मका लिड कलाकारको रुपमा पनि छन् । त्यस्तै, फिल्मकी निर्मात्री ऋचा पनि मुख्य भूमिकामा छिन्। 
 
ऋचा र अर्पणका अलवा फिल्ममा मिथिला शर्मा, टीका पहारी, रेमनदास श्रेष्ठ, रोजिशा शाही, विपिन मिक्की गुरुङलगायतले अभिनय गरेका छन्। शिसन बानियाँले खिचेको फिल्ममा सुजिल कर्माचार्यले संगीत दिएका छन्। निमेष श्रेष्ठले फिल्मको सम्पादन गरेका हुन्।