मिति : २०८१ ज्येष्ठ ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

टिभीकी 'नागिन' अब सलमानकी हिरोइन

एजेन्सी, मुम्बई, 2017/05/05
टिभी एक्ट्रेस मौनी रोयको किस्मत अहिले खुबै चम्किरहेको छ । टिभी सीरियलबाट लोकप्रियता हासिल गरेपछि टिभीकी ‘नागिन’ उर्फ मौनी रोय अब ठूलो पर्दामा धमका मच्चाउने तयारीमा छिन् । टिभीको एक सानदार यात्रापछि अब उनी बलीउड फिल्ममा आफ्नो पाइला राख्ने तयारीमा रहेको भारतीय मिडियाहरुले बताएका छन् । 
 
तपाईहरुलाई यो सुनेर खुशी लाग्न सक्म्छ कि खासमा मौनी रोयलाई अरु कसैले होइन बलीउडका 'सुल्तान' सलमान खानले लञ्च गर्न लागेका हुन् । सुत्रका अनुसार, “एक्ट्रेस चाँडै नै सलमान खानको फिल्मबाट लञ्च हुँदैछिन् । सलमान खान आफै नै मौनीलाई आफ्नो फिल्मबाट लञ्च गर्ने सोचमा रहेका छन् ।”