Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'लाल्टिन' ट्रेलर : दया होइन कसको अंगालोमा बाँधिइन् प्रियंका ?

फिल्मीखबर, काठमाण्डौ, 2017/05/05
जेठ २६ गतेलाई रिलिज डेट फाइनल गरिएको दयाहाङ राई र प्रियंका कार्कीको लिड रोल रहेको फिल्म 'लाल्टिन' को सस्पेन्स ट्रेलर रिलिज भएको छ । ट्रेलरमा फिचरिङ नायिका प्रियंका कार्कीलाई ठमेलको एक डान्स बारमा नृत्य गरेको देखि नव-नायक निर्जन थापासँग बेडमा रोमान्स गरेको देख्न सकिन्छ । त्यस्तै, नायक दयाहाङको भूमिका सस्पेन्स छ । 
 
देवकुमार श्रेष्ठ निर्देशित यो फिल्ममा दयाहाङ, प्रियंका र निर्जनका अलवा केकी अधिकारी, अर्जुनजंग शाही, ए. गुरुङ, अजुर्नजंग शाही, शिशीर भण्डारी, मेलिना मानन्धर, रामकेशर बोगटी, जनक बर्तौला, भानुप्रताप, मोहनबहादुर श्रेष्ठ, कमल आले, नवीन शाह, सुनील कटुवाल, रिया श्रेष्ठ, लीला मायालगायतले अभिनय गरेका छन् ।
 
भानुप्रतापको प्रस्तुतिमा तयार फिल्ममा सुजील कर्माचार्यको पाश्र्व संगीत, विनोद ढकाल, किरण माइकल र डिजराज पौडेलको संगीत सुन्न सकिन्छ। हरि घले लामाले खिचेको फिल्मलाई अर्जुन जिसी र मिलन श्रेष्ठले सम्पादन गरेका हुन्। किरण माइकल र भानुप्रतापको संयुक्त लेखन रहेको फिल्ममा कविराज गहतराजको कोरियोग्राफी छ । १ करोड माथिको बजेटमा तयार भएको भनेर दाबी गरिएको यो फिल्मले एक्सन, कमेडी, रोमान्स, सामाजिक र क्राइमको बिषयलाई उठान गरेको छ ।
 
Most Visited News (monthly)