मिति : २०८१ वैशाख ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.00/5.00)
Text size:-
+
-

जान्नुहोस्, कति छ प्रभासको सम्पत्ति ?

एजेन्सी, मुम्बई, 2017/05/03
दक्षिण भारतीय फिल्म 'बाहुबली' का प्रमुख पात्र प्रभास अभिनित ‘बाहुबली २’ अहिले प्रदर्शन भैरहेको छ । रिलिजको तीन दिनमा नै विश्वभरबाट ५ सय करोडको विजनेश गरिसकेको 'बाहबुली २' ले हजार करोडको आँकडा छुने बलीउड पण्डितहरु बताउँछन् । प्रभासले 'बाहुबली' फिल्म गरेपछि उनको करिअर उचाइमा पुगेको हो । सन् १९७९ मा जन्मेका प्रभासका पिता एक फिल्म निर्माता हुन् भने काका फिल्म एक्टर हुन् ।
 
उनी पेशाले एक्टर भएपनि पढाइ इन्जिनियरिङमा गरेका थिए । २२ वर्षको उमेरमा उनले तेलुगु फिल्ममा डेब्यु गरेका हुन् । उनको पहिलो फिल्म ‘इश्वर’ हो । उनको वार्षिक आम्दानी ३.२ मिलियन डलर रहेको छ । उनी एउटा फिल्म खेलेबापत २१ देखि ३० करोड भारतीय रुपैयाँ लिने गर्छन् । 
 
उनको नेटवर्थ १९.१–२४.५ मिलियन डलर रहेको छ । सन् २०१६ मा उनले ७ करोड ट्याक्स तिरेका थिए । उनीसँग २.८२ करोड भारतीय रुपैयाँ पर्ने कस्टम रेन्ज रोभर, १.४४ करोड भारतीय रुपैयाँ पर्ने मर्सिटिज बेन्ज एस–क्लास, ८ करोड भारतीय रुपैयाँ पर्ने रोयल्स रोयस फ्यान्टम र १.२४ करोड भारतीय रुपैयाँ पर्ने जागुएर एक्सजे–एल कारहरु छन् । 
 
त्यस्तै, उनी बाइकका पनि निकै सौखिन हुन् । उनीसँग ७ लाख भारतीय रुपैयाँको होन्डा सिभिआर ६०० आरआर बाइक छ । ६००० पर स्वियारफिटमा फैलिएको आन्ध्र प्रदेशमा जुभिन हिलको एक आलिसान घरमा उनी बस्ने गर्छन ।