मिति : २०८१ वैशाख १९, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'लुट २' हिट तर ऋचा शर्मा ?

मनिष अन्जान, काठमाण्डौ, 2017/05/03
नायिका ऋचा शर्मा प्रत्येक फिल्ममा फरक-फरक भूमिका निर्वाहा गर्न रुचाउँछिन् । ‘टलक जंग भर्सेस टुल्के’ देखी 'को आफ्नो' मा उनले निर्वाहा गरेको भूमिकाको चौतर्फी तारिफ भएको थियो । अभिनय दमदार हुँदा-हुँदै पनि ऋचा शर्माको करिअरले अहिलेसम्म राम्रोसँग पिकअप लिन भने सकेको छैन् । फिल्ममा अभिनय गरेको भूमिकाको चर्चाले ऋचा मज्जैले अघाएकी छिन् तर फिल्म हिट नहुँदा जतिनै अभिनयको चर्चा हुँदा पनि त्यसबाट खासै प्रतिफल भने उनले हात पार्न सकेकी छैनन् । 
 
म्युजिक भिडियोबाट अभिनय यात्रा शुरु गरेकी नायिका शर्माको पहिलो फिल्म 'फष्ट लभ' हो । नेपाली फिल्ममा ८ वर्ष विताइसकेकी रिचा शर्माले फ्रान्समा ६ महिना अभिनय प्रशिक्षण समेत लिएकी छिन् । लगातार आफु अभिनित फिल्महरु फ्ल्पको सूचीमा दर्ता हुँदै गर्दा उनले आफ्नै लगानीमा एक फिल्म समेत निर्माण गरेकी छिन्, 'आधा लभ' । अर्पण थापाले निर्देशन गरेको यो फिल्मको अहिले पोष्ट प्रोडक्सनको काम भैरहेको छ । आफुले अभिनय गरेका फिल्महरु एकपछि अर्को असफल हुँदै गर्दा फिल्म निर्माणमा समेत होमिएकी ऋचालाई 'आधा लभ' ले कत्तिको सफलता देला ? अब यसको प्रतिक्षा त हर कोहिँलाई छ । 
 
 
गएको बर्षको फागुनमा उनी अभिनित फिल्म 'लुट २' हलमा लागेको थियो । 'लुट' को पहिलो भागमा पनि लिड रोलमा रहेकी ऋचा यसको दोस्रो भागमा पनि दोहोरिइन् । दुर्भाग्य, फिल्म 'लुट २' हिट त भयो तर दर्शकहरुले ऋचालाई नोटिस नै गर्न पाएनन् । कारण, मल्टिस्टार कलाकारको अगाडि ऋचा निरिह बनिन् । 'लुट २' हिट हुनुको श्रेय दयाहाङ राई, सौगात मल्ल, कर्मा शाक्य लागायतका कलाकारलाई गयो, ऋचाले भने मिडियामा फिल्म हिट भएको समाचार पढेरै चित्त बुझाइन् । उनलाई ठूलै आश थियो 'लुट २' हिट भएपछि आफ्नो ओरालो लाग्दै गरेको करिअर केहिँ माथी उठ्ला कि भन्ने तर फिल्म हिट भएपनि ऋचाले त्यसको महशुस समेत गर्न पाइनन् । 
 
'जंगे', 'भिसा गर्ल', 'बाटो मूनीको फूल २', 'उमा' लगायतका फिल्महरुमा काम गरिसकेकी ऋचा स्क्यान्डलमा आउन नरुचाउने नायिकामा पर्छिन । केही बर्ष नायक विनय श्रेष्ठसँगको अफयेरको हल्ला चलेपनि त्यसपछि भने ऋचाको विषयमा अन्य गसिपहरुले नेपाली मिडिया तातेका छैनन् । फिल्म रिलिजको बखत मात्र मिडियामा झुल्किने ऋचा अहिले राम्रो ब्यानर र उत्कृष्ट कथावस्तुमा खोजीमा छिन्, जसले ओरालोमा लखेटिँदै गरेको करिअर केहीँ माथी उठ्न सकोस् ।