मिति : २०८१ वैशाख १९, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सरकारी जागिर खान अभिषेक बच्चनले दिए आवेदन

एजेन्सी, मुम्बई, 2017/05/03
फिल्म अभिनेता अभिषेक बच्चनले कर्मचारी चयन आयोग (एसएससी) मा आवेदन दिएका छन् । हो, यो पढेर तपाईहरु पनि हैरान बन्नुहुनेछ तर यो हामी भनिरहेका छैनौं मात्र कर्मचारी चयन आयोग (एसएससी) द्वारा जारी गरिएको एडमिट कार्ड भनिरहेको छ । महानायक अमिताभ बच्चनका छोरा र ऐश्वर्या रायका श्रीमान अभिषेक बच्चन पनि जागिरको खोजीमा छन्, सायद यही कारणले हुन सक्छ कि उनी एसएससीको परिक्षा दिने तयारीमा छन् । 
 
रमाइलो कुरा त यो छ कि अभिषेकको परिक्षा सेन्टर राजस्थानको राजधानी जयपुरलाई तोकिएको थियो । खासमा, कर्मचारी चयन आयोगको तर्फबाट मल्टि टास्किंग नन टेक्निकल स्टाफको पहिलो चरणको परिक्षा गएको बिहीवार भएको थियो । 
 
यो परिक्षाका लागि लिइएको आवेदन मध्ये एक आवेदन निकै विषेश थियो । परीक्षाका लागि कुनै व्यक्तिले मजाक मजाकमै अभिषेक बच्चनको आवेदन भरिदिए । उक्त आवेदनमा अभिषेकको तश्वीर लगाइएको छ । आवेदन पेश गरेपछि आयोगले स्क्रूटनीमा यसलाई ध्यान दिँदै परमिशन लेटर पनि जारी गरेको छ । 
 
 
अभिषेक बच्चनको नाम र उनको फोटोको साथ बनेको यो एडमिट कार्डमा उनकी जन्ममिति 1 जनवरी 1995 छापिएको छ । उनको रोल नम्बर 2405283611 छ तर घरको ठेगाना भने 69 ट्रिपल एक्स कोलनी, लातूर (महाराष्ट्र) लेखिएको छ । 
 
यति मात्र कहाँ होर बिहीवार महिला अभ्यर्थियोका लागि आयोजित यो परिक्षामा अभिषेकलाई पुरुष होइन महिला समेत भनिएको थियो । त्यस्तै, फोटोको तल अभिशेखबर बच्चनको नाममा सिग्नेचर पनि गरिएको छ ।