Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

कर्माको 'महानगर' घोषणा, मेनुकाले गरिन् केकीलाई रिप्लेस

फिल्मीखबर, काठमाण्डौ, 2017/05/03
नायक कर्मा शाक्य र नायिका मेनुका प्रधानको लिड रोल रहने फिल्म 'महानगर' को बुधवार राजधानीमा एक कार्यक्रमका बीच निर्माण घोषणा गरिएको छ । बैशाख २७ गतेबाट फ्लोरमा जाने यो फिल्म मिडलवे फिल्मसले माउण्टेन रिभर फिल्मससँगको सहकार्यमा निर्माण गर्न लागेको हो ।
 
काठमाडौं महानगरमा बस्ने तर अटाउन नसक्ने एक यूवक र एक यूवतीको कथा फिल्मले बोल्ने 'महानगर' का लेखक तथा निर्देशक मोहन राईले जानकारी दिए । उनले भने, 'महानगर काठमाडौं वा काठमार्डौं जस्तै महानगरहरुको किनारा अथवा 'मार्जिन' मा बस्ने मानिसहरुको र उनीहरुको पीडा, दुख र एक्लोपनको कथामा फिल्म बन्नेछ । तर यो मानिस-मानिसबीच हुन सक्ने संवाद र प्रेम अनि हरेक निराशाबीच पनि पलाउन सक्ने आशको कथा पनि हो 'महानगर' ।' 
 
फिल्मका कार्यकारी निर्माता गोविन्द पराजुली हुन् भने नरेन्द्र मैनालीले फिल्म खिच्नेछन् । फिल्मको विषयमा बोल्दै नायक कर्माले 'महानगर' को कथावस्तु निकै रमाइलो रहेको बताए । यसअघि फिल्ममा नायिका केकी अधिकारी लिड रोलमा रहने खबर बाहिर आएको थियो तर नायिका मेनुका प्रधानले केकीलाई रिप्लेस गरेकी छिन् । कार्यकारी निर्माता गोविन्द मैनालीका अनुसार, व्यस्त सेड्यूल भएका कारण केकी अघिकारीले 'महानगर' मा काम गर्न नभ्याएकी हुन् । 
Most Visited News (monthly)