मिति : २०८१ वैशाख १९, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

पवन मैनालीले कसे लगनगाँठो

फिल्मीखबर, काठमाण्डौ, 2017/05/03
१५ वर्षअघि २०५९ सालमा फिल्म 'दिदी बहिनी' को निर्माणका क्रममा निजगढमा मोटरसाइकल दुर्घटनामा परेर सख्त घाइते भएका कलाकार पवन मैनालीले विवाह गरेका छन् । मैनालीले गत वैशाख ११ गते दोलखाकी लक्ष्मी सिवाकोटीसँग मागी विवाह गरेका हुन् । 
एक जमानाका खुंखार खलनायक पवन मैनाली दुर्घटनापछि हिँड्न, हात चलाउन तथा राम्ररी बोल्न सक्दैनन् । गाँस, बास र राम्रो व्यहारको खोजीमा केही महिना अगाडी उनी दीक्षा चापागाईंद्वारा धापासीमा सञ्चालित पवित्र समाज नेपालमा शरण लिन पुगेका थिए । बिबाहपछि भने कलाकार मैनाली कपन घरमा बस्दै आएका छन् । दीक्षाका अनुसार, केटी हेर्न गएका मैनालीले विवाह गरेरै काठमाडौं आएका हुन् । 
 
कुशल अभिनयका धनी पवनले 'पिँजडा' फिल्म निर्माण गरी अहिलेका एक्सन नायक निखिल उप्रेतीलाई ब्रेक दिएका थिए । तर, पवन आफै भने 'अमरसिंह' नाटक मार्फत कलाकरितामा प्रवेश गरेका हुन् । निर्देशक चेतन कार्कीको निर्देशनमा बनेको फिल्म 'पहिलो प्रेम' बाट डेब्यु गरेका उनले भिष्म प्रतीज्ञा, शिवशक्ति, दौंतरी सुनचाँदी, आँधीबेरी, आफन्त, वसन्ती, जय बाबा पशुपतिनाथ, संगम, धर्म, आवारा, रणभूमि, प्यारी बहिनी, जन्मभूमि, विद्रोही, छोरी बुहारी, खुकुरी, मजदुरलगायत सयभन्दा बढी फिल्ममा अभिनय गरेका छन्।