
रणवीर कपुरका लागि सलमान खानसँग ब्रेकअप गरेकी कटरिना कैफ एकपटक फेरि सलमानको फिल्ममा देखिँदैछिन् । सलमान र कटरिना ‘टाईगर जिन्दा है’ मा देखिँदैछन् । रणवीरसँग पनि ब्रेकअप भएपछि ओरालो लागेको करिअर जोगाउन उनी पुनः सलमान खानको शरणमा पुगेकी थिइन् । मिडिया रिपोर्टका अनुसार, यस फिल्मलाई लिएर कटरिना निकै एक्साइटेड छिन् । सलमान खानसँग नजिकिएकी कटरिनाले सलमान रमाइलो व्यक्ति भएको बताएकी छिन् ।
उनले भनेकी छिन्,‘मैले सलमान खानलाई चिनेको वर्षौ भइसक्यो । उनीसँग काम गर्ने जो कोहीँ उनलाई मिस गर्छन् । सलमान खानको जिउने स्टाइल नै बेग्लै छ । यसका कारण उनी वरपर रहेका मानिसहरु काम गर्न अल्छी मान्दैनन् ।’
‘टाइगर जिन्दा है’ फिल्मका निर्देशक अली अब्बास जफर कटरिना कैफका एकदमै फिल्ने साथी हुन् । कटरिनाले जफरले निर्देशन गरेका फिल्महरु ‘न्युर्योक’, ‘मेरे ब्रदरकी दुल्हन’ मा समेत काम गरिसकेकी छिन् ।

