मिति : २०८१ ज्येष्ठ ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 1.50/5.00)
Text size:-
+
-

टाइगर श्राफ फेरी बने 'बागी'

एजेन्सी, मुम्बई, 2017/05/02

फिल्म 'बागी २' को पोष्टर रिलिज भएको छ । टाइगर श्राफले ट्विटरमार्फत आफ्नो नयाँ फिल्म ‘बागी’ को सिक्वेलको घोषणा गर्दै पहिलो पोष्टर सार्वजनिक गरेका हुन् । फिल्मलाई अहमद खानले निर्देशन गर्नेछन् भने साजिद नडियाडवालाले निर्माण गर्नेछन् ।

पोष्टरमा एक व्यक्ति ठूलो बन्दूक बोकेर उभिएको देख्न सकिन्छ । उसको हातमा एक रातो रंगको कपडा बाँधिएको छ तर अनुहार भने देखाइएको छैन् ।

यो फिल्मको प्रिक्वेल 'बागी' गएको बर्ष रिलिज भएको थियो, जसमा टाइगरको अपोजिटमा श्रद्धा कपूर देखिएकी थिइन् । फिल्मलाई दर्शकहरुले निकै रुचाएका थिए । अहिले टाइगर श्राफ आफ्नो आगामी फिल्म ‘मुन्ना माइकल’ को काममा व्यस्त छन् तर यसैबीचमा उनले आफ्नो नयाँ फिल्मको जानकारी दिएर फ्यानहरुलाई सरप्राइज दिएका छन् । यो फिल्म अर्को बर्षको २७ अप्रिलमा रिलिज हुनेछ ।