मिति : २०८१ ज्येष्ठ ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

इन्दिराको जवाफ -''ए मेरो हजुर २' को नायकसँग डेट गर्न चाहन्छु'

फिल्मीखबर, काठमाण्डौ, 2017/05/02
दर्जन बढी हिट गीतकी गायिका इन्दिरा जोशीले हालैमा 'गर्लफ्रेन्ड' नामक एक गीत बजारमा ल्याएकी छिन् । 'बेहुली', 'रातो घागर', आई लब यू भन्न मन लाग्छ', 'दाईजो', 'उठँ यूवा' लगायतका गीतमा आवाज दिइसकेकी इन्दिरा अहिले 'नेपाल आइडियल' को निर्णायकमा छिन् । उनले फिल्म 'फन्को' को 'लोकल व्यूटी' गीतमा मोडलिङसँगै आवाज पनि दिएकी छिन् । पहिरन र लुक्सले नेपाली नायिकाहरुलाई समेत मात खुवाउने इन्दिरालाई दर्शकहरुले ठूलो पर्दामा पनि हेर्न नचाहेका होइनन् तर उनी आफु अभिनयका लागि नजन्मिएको बताउँछिन् ।
 
हालैमा आफ्नो नयाँ गीत 'गर्लफ्रेन्ड' सार्वजनिक कार्यक्रममा 'फिल्मी खबर डटकम' सँग फरक प्रशंगमा कुराकानी गर्दै इन्दिराले आफुलाई केटाको बोली, हाउभाऊ, आँखाले आकर्षण गर्ने बताइन् । हामीले प्रश्न सोध्यौं कि 'तपाईलाई केटाको कुन अंग एकदमै मन पर्छ ?' उनले उत्तर दिँदै भनिन्, 'मलाई केटाको आँखा अनि हात एकदम हेरौं-हेरौं लाग्छ ।' 
 
उनले आफुलाई सधै खुसीको भाव व्यक्त गर्ने गीतमात्र गाउन मन लाग्ने बताइन् । उनका अनुसार, माया प्रेमका गीत गाउन उनलाई निकै मन पर्छ । हामीले फेरी प्रश्न गर्यौं 'नेपालका नायक तपाईलाई कस्तो लाग्छ नी ?' अनि उनको उत्तर आयो,  'नेपालका नायकहरु एकदम राम्रो लाग्छ । अहिले त झनै राम्रो लाग्छ ।'
 
उनले यदी अनमोल केसी भए डेट गर्न तयार हुने इच्छा पनि व्यक्त गरिन् । उनले अगाडी थप्दै भनिन्, 'अनमोलपछि 'ए मेरो हजुर २' को नव नायक सलिनमान बाँनिया । मलाई सलिन निकै क्यूट लाग्यो । अनमोल भन्दा बरु सलिनसँग डेट गर्न चाहन्छु ।'