Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

गरिमा १ बर्षपछि फिल्ममा फर्किने, भन्छिन्, 'तत्काल आमा बन्ने तयारी छैन्'

फिल्मीखबर, काठमाण्डौ, 2017/05/02
हामीले तपाईहरुलाई केही दिनदेखी नायिका गरिमा पन्तको विषयमा एकपछि अर्को जानकारी दिइरहेका छौं । एकबर्षपछि बेल्जियमबाट नेपाल आएकी गरिमा हिजो मात्र बेल्जियम प्रस्थान गरिसकेकी छिन् । गरिमा नेपाल आउँदादेखी उनले बेल्जियमबाटै विवाहको जानकारी दिँदा उद्घोष गरेको आफू पढेको विद्यालयलाई रकम हस्तान्तरण गरेको खबरसम्म तपार्ईहरुले 'फिल्मी खबर डटकम' मा पढिसक्नु भएको छ । नेपालमा रहँदा हामीले गरिमालाई धेरै पटक फोन सम्पर्क गर्न खोज्यौं तर संभव भएन । 
 
झण्डै ३ हप्ताको छुट्टीमा नेपाल आएर फर्किसकेकी गरिमाले बेल्जियमबाट 'फिल्मी खबर डटकम' सँगको कुराकानीको क्रममा आफु १ बर्षपछि नेपाल फर्किएर अभिनयमा लाग्ने बताइन् । 'हरि शर्मा थपलियासँँग विवाह गरेपछि फिल्मबाट हराउनु भयो नी ?' भन्ने हाम्रो प्रश्नको उत्तर दिँदै गरिमाले भनिन्, 'हराएको छैन् । त्यस्तो लागेको मात्र हो । म आज जहाँ छु, जुन स्थानमा छु त्यो नेपाली फिल्मले गर्दा भएको हो । म नेपाली फिल्म छाडेर टाढा बस्न कहाँ सक्छु र ? १ बर्षदेखी म बेल्जियममा भएका कारण मेरा प्रशंसकहरुलाई त्यस्तो लागेको मात्र हो ।' 
 
 
उनले आफु भौतिक रुपमा टाढा भएपनि तन-मन सबै नेपालमा रहेको बताइन् । उनले अगाडि थप्दै भनिन्, 'म अबको एक बर्षपछि नेपाल फर्किएर अभिनयमा लाग्ने सोचमा छु ।  बेल्जियममै 'गरी सुमी' नामको एक रेस्टुराँ सञ्चालन गरेको छु, त्यसैले पनि आफ्नो व्यवसायलाई अहिले विशेष ध्यान दिएको छु । तर चाँडै दर्शकहरुले मेरो फिल्म हेर्न पाउनु हुन्छ ।' 
 
उनले आफ्नो कमब्याक होम प्रोडक्शनको फिल्मबाट पनि हुन सक्ने बताइन् । 'मैले अब फिल्ममा फर्किदा आफ्नै होम प्रोडक्शनको फिल्मबाट नै फर्किने कि भन्ने सोच पनि बनाएको छु', उनले अगाडि भनिन्, 'तर फाइनल भएको छैन् । हेरौं राम्रो ब्यानर र स्क्रिप्टबाट अफर आयो भने बाहिरी ब्यानरका फिल्ममा पनि काम गर्छु ।' 
 
कुराकानीको क्रममा उनले अहिले तत्काल आफु आमा बन्ने तयारीमा नहरेको पनि खुलाउन भ्याईन् । कृष्ण धारावासीको चर्चित पुस्तक 'झोला' माथी आधारित भएर निर्माण भएको फिल्म 'झोला' बाट राष्ट्रिय अवार्डसहित सार्क फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनेत्रीको अवार्ड समेत जितेकी गरिमाले 'सुन्दर मेरो नाम', 'पराई', 'सासु नन्द भाउजु', 'मनले मनलाई छुन्छ', 'ठूली', 'सासु ससुरा', 'फूल', 'प्रितिको फूल', 'भैहाल्छ नी', 'जीवन मृत्यु' लगायतका फिल्महरुमा काम गरिसकेकी छिन् । गएको बर्ष उनी अभिनित फिल्म 'तीन घुम्ती' हलमा लागेको थियो । 
Most Visited News (monthly)