मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(6 votes, avg 3.83/5.00)
Text size:-
+
-

हलीउड पनि हार्‍यो 'बाहुबली' सँग !

एजेन्सी, मुम्बई, 2017/05/02
'कटप्पाले बाहुबलीलाई किन मारे ?' यो प्रश्नको जवाफ खोज्न अहिले हरेक व्यक्तिहरु सिनेमा हलमा ओहिरिएका छन् । 'बाहुबली २' ले पहिलो दिन १२१ करोडको विजनेश गरेको थियो । 'बाहुबली २' को क्रेज भारतमा मात्र होइन विदेशमा पनि उतिक्कै लोभलाग्दो छ । 
 
इन्टरनेशनल लेभलमा पनि 'बाहुबली २ : द कनक्लूजन' ले कमाईको मामलामा सबै रेकर्ड तोडिसकेको छ । 'बाहुबली २' ले एम्मा वाटसन र टम ह्याक्स जस्ता ठूला हलीउड स्टारको फिल्मलाई समेत पछारेको छ । 
 
 
तेस्रो नम्बरमा छ 'बाहुबली २' 
टम ह्याक्सको फिल्म 'द सर्कल' ले ९ं३ मिलियन डलरको विजनेश गरेको छ भने 'बाहुबली २' ले १०.१ मिलियन डलर कमाएको छ । जबकि यो फिल्म केवल ४२० स्क्रिनमा प्रदर्शन भैरहेको छ । त्यस्तै, लगभग १९ मिलियनको विजनेश गर्न सफल 'द फेट अफ द फ्यूरियस' ४ हजार स्क्रिनमा प्रदर्शन भैरहेको छ । दोस्रो नम्बरमा 'हाउ टू बी ए लैटिन लभर' छ, जसले अमेरिकामा १२ मिलियनको कमाई गरेको छ । 
 
कोम स्कोरका अनुसार, अमेरिका र क्यानडाको थ्रिएटरहरुमा भएको टिकट सेलको आँकडालाई हेर्ने हो भने यो स्पष्ट हुन्छ कि 'बाहुबली २'ले तेस्रो स्थान कब्जा गरेको छ ।  यो लेटेस्ट अन्तर्राष्ट्रीय नम्बर हो, फाइनल घेरलू आँकडाको जानकारी भने आउन बाँकी छ ।