मिति : २०८१ ज्येष्ठ ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'बाहुबली २' ले कमायो ३ दिनमा ५ सय करोड

एजेन्सी, मुम्बई, 2017/05/02
२८ अप्रिलमा रिलिज भएको 'बाहुबली २ : द कन्क्लूजन' ले विकेन्ड कमाईको मामलामा सबै फिल्मलाई पछारेको छ । सोर्सेजका अनुसार, 'बाहुबली' ले इन्डियामा पहिलो ३ दिनमा ३३५ करोडको विजनेश गरेको छ । त्यस्तै, ट्रेड एनालिस्ट गिरीश जौहरका अनुसार, फिल्मले ३ दिनमा विश्वभरबाट ५२० करोडको व्यापार गर्न सफल भएको छ । फिल्मले फर्स्ट डे कलेक्शनमै सबै फिल्मलाई पछारेको थियो । 
 
पहिलो दिन फिल्मले १२१ करोडको विजनेश गरेको थियो । २७० करोडमा निर्माण भएको 'बाहुबली २' रिलिज अगावै प्रोफिटमा थियो किनकी यसले थिएट्रिकल राइट्स बेचेर नै ५०० करोड खल्तीमा हालिसकेको छ । 
 
ट्रेड एनालिस्ट रमेश बालाले ट्वीट गर्दै लेखेका छन् कि एस. एस. राजामौलीको डायरेक्शनमा बनेको 'बाहुबली २' को हिन्दी भर्जनले बक्स अफिसमा विकेन्डमा ८० करोडको विजनेश गरेको छ ।  यो फिल्म इन्डियामा ६५०० स्क्रिन्समा रिलिज भएको छ । जबकि वर्ल्डवाइड यसको कुल स्क्रिन्स ९ हजार छ ।