मिति : २०८१ वैशाख ४, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

आमा बनेपछि हेर्नूस् राजेश हमालकी 'दुलही'

मनिष अन्जान, काठमाण्डौ, 2017/05/02
सुमिना घिमिरे, यो नाम नेपाली दर्शकहरुका लागि अपरिचित होइन । दर्जन बढी सिनेमामा काम गरिसकेकी नायिका सुमिना घिमिरे अहिले नेपाली फिल्मबाट निकै टाढा छिन् र उनले कहिले पनि फिल्ममा नफर्किने घोषणा समेत गरिसकेकी छिन् । विमान चालक रोशन सापकोटासँग विवाह गरेपछि अहिले उनी घरगृहस्थीमै व्यस्त छिन् । लामो समयको प्रेमसम्बन्धलाई सुमिना र रोशनले बर्ष २०७१ मा विवाहमा परिणत गरेका थिए । त्यसपछि सुमिनालाई दर्शकहरुले ठूलो पर्दामा देख्न पाएका छैनन् । 
 
 
लगातार आफु अभिनित फिल्महरु फल्पको सूचीमा दर्ता हुन थालेपछि सुमिनाले सायद बैबाहिक जीवनमा बाँधिएर नयाँ जिन्दगी सुरु गर्नुको विकल्प भेटिनन् । अहिले उनी एक छोरीकी आमा समेत भैसकेकी छिन् । स्वभाविकै हो आमा बनेपछि महिलाको तौल ह्वात्तै बढ्छ तर केही अभिनेत्रीहरु भने विस्तारै मेन्टन पनि गर्दै जान्छन् । तर, सुमिनाले भने आफ्नो तौललाई खासै वास्त गरेको देखिन्न्, जुन हामीले प्रकाशन गरेको तश्वीरहरुबाट पनि तपाईहरुले धेरै अनुमान लगाउन सक्नु हुन्छ । 
 
 
विवाह गर्नुभन्दा अगाडि नै सुमिनाले प्रेमी रोशनलाई वचन दिएकी थिइन् कि उनी अब फिल्ममा सक्रिय हुने छैनन् र सोही वचनले गर्दा उनी फिल्ममा फर्कन नसकेको स्रोत बताउँछ । उनले आफ्नी छोरी नै झण्डै २ बर्षकी बनाइसकेकी छिन् । उनको छोरीको नाम 'रायाना' हो । फिल्ममा नफर्किने घोषणा गरेपनि केही निर्माताहरुले स्क्रिप्ट बोकेर सुमिनाको घरको दैलोसम्म नपुगेका होइनन् तर उनले कुनै पनि नेपाली फिल्म खेल्न स्वीकार गरिनन् । 
 
कुनै बेला आफ्नो अभिनय र हट दृश्यका कारण नेपाली फिल्ममा चर्चित बनेकी नायिका सुमिना घिमिरे विभिन्न खालका स्क्यान्डलका कारण पनि राम्रै चर्चामा आएकी थिइन् । ‘नाइन ओ क्लक, स्टार’ जस्ता फिल्ममा उनले दिएको हट दृश्यको अझै पनि चर्चा हुन्छ । उनले खेलेको पहिलो फिल्म 'छविलाल कन्जुस छैन' हो । तर, सुमिनाको पहिलो रिलिज फिल्म भने 'दुलही' बनेको थियो । उनले यस फिल्मबाट चार अवार्ड समेत हात पारेकी थिइन् । 
 
 
उनले 'दुलही', 'डार्लिङ', 'रेन्ज', 'हेल्लो प्रकृत्ति', 'पापी रात', 'अप्रिल फूल', 'माई व्रदर', 'रंग बैजनी' लगायतका फिल्महरुमा काम गरिसकेकी छिन् । उनी अभिनित यी फिल्महरु मध्ये 'दुलही' भने हिट फिल्मको रुपमा गनिन्छ । 
 
तश्वीर : सुमिना घिमिरेका श्रीमान रोशन सापकोटाको फेसबुकबाट