मिति : २०८१ ज्येष्ठ ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बदलियो मनिषाको लुक्स् !

एजेन्सी, मुम्बई, 2017/05/02
९० को दशककी फेमस एक्ट्रेस मनिषा कोइराला एक पटक फेरी फिल्ममा कमब्याक गर्दैछिन् । मनिषा, डायरेक्टर इम्तियाज अलीका असिस्टेन्ट सुनैना भटनागरको फिल्म 'डियर माया' बाट कमब्याक गर्दैछिन् । हालैमा यो फिल्मको टीजर सार्वजनिक भएको छ, जसमा मनिषाको ट्रान्सफर्मेशन हेर्न लायकको छ । फिल्ममा उनले एक पाको, निरिह महिलाको भूमिका निर्वाहा गरेकी छिन् । बताइदिउँ, संजय दत्तको बायोपिकमा पनि मनिषा देखिँदैछिन् । 
 
'सौदागर', '१९४२ : अ लव स्टोरी' र 'बम्बे' जस्ता फिल्महरुमा काम गरिसकेकी मनिषालाई डिसेम्बर २०१२ मा ओवेरियन क्यान्सर भएको थियो । त्यसपछि उनी उपचारका लागि ६ महिना अमेरिका बसिन् । २ मे, २०१३ माम मनिषा पूर्ण रुपमा क्यान्सरबाट मुक्त भएकी थिइन् ।