मिति : २०८१ ज्येष्ठ ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

‘पञ्चायत’ टीजर : ५० बर्ष पहिलाको लुक्समा यस्ता देखिए सरोज र नीता

फिल्मीखबर, काठमाण्डौ, 2017/05/01
५० बर्ष पुरानो कथामा बनेको फिल्म ‘पञ्चायत’ को टीजर रिलिज भएको छ । ग्रामिण कथा र पुरानो संस्कृति झल्काउने ‘पञ्चायत’ टीजरमा नायिका नीता ढुंगानको रोदन र नायक सरोज खनालको मौनतालाई विशेष देखाउन खोजिएको छ । यो फिल्ममा सरोज र नीताका अलवा रुपा राना, गीता अधिकारी, गणेश गिरी, जाहान्वी बस्नेत, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठ लगायतको अभिनय रहेको छ। 
 
यो फिल्म फागुन १८ गतेबाट अलनेपाल रिलिज हुँदैछ । सञ्चारकर्मी रवि अधिकारी  कार्यकारी निर्माता रहेको फिल्मलाई गणेश गिरीको प्रस्तुतीमा सुशान्त श्रेष्ठ र शंकर सुवेदीले निर्माण गरेका हुन् । टंक बुढाथोकीको संगीत र रामेश्वर कार्कीको छायांकन रहेको फिल्मलाई विपिन मल्लले सम्पादन गरेका हुन्। ‘पञ्चायत’ को लेखन तथा निर्देशन शिवम अधिकारीले गरेका हुन् ।