मिति : २०८१ ज्येष्ठ ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आफू पढेको स्कूललाई गरिमाको ७ लाख सहयोग

फिल्मीखबर, काठमाण्डौ, 2017/05/01
नेपाली फिल्मकी भलाद्मी र सुन्दर नायिकाको रुपमा चिनिने गरिमा पन्त अहिले नेपालमा छिन् । झण्डै डेढ बर्षपछि उनी बेल्जियमबाट नेपाल आएकी हुन् । बेल्जियमका धनाड्य नेपाली यूवक हरि शर्मासँग विवाह गरेपछि उनी नेपाल फर्किएकी थिइनन् । बेल्जियममै 'गरी सुमी' नामको एक रेस्टुराँ समेत खोलेकी गरिमाले बैबाहिक जीवनमा बाँधिएको जानकारी दिँदै एक उद्घोष पनि गरेकी थिइन् कि उनले आफू अध्ययन गरेको विद्यालयका लागि आर्थिक सहयोग गर्नेछिन् । 
 
 
बेल्जियमबाट नेपाल फर्किए लगत्तै उनले एक बर्ष अगाडि गरेको आफ्नो वचन पूरा गरेकी छन् । गरिमाले आइतवार आफुले प्राथमिक शिक्षा आर्जन गरेको श्री मित्रता उच्च मा.बि र आफु जन्मिएको गा.बि.स. स्थित श्री मर्रस्यङदी सामुदायिक विद्यालय मन्दिर नि.मा.बि. मा स्व. पिता इन्द्रबहादुर पन्त र आमा माया पन्तको संयुक्त नाममा साढे ३/३ लाख गरिब तथा जेहेन्दार विद्यार्थीको अक्षयकोष स्थापनाका लागि हस्तान्तरण गरिन् । 
 
आर्थिक सहयोग हस्तान्तरणपछि आफ्नो विचार राख्ने क्रममा गरिमाले भनिन्, 'मलाई पूर्ण आश छ, यो सानो सहयोगले शिक्षा आर्जन गर्दै आफ्नो उज्ज्वल भविष्य कोर्न लम्कदै गरेका गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई सानो टेवा पक्कै मिल्नेछ।' उनले आफु अध्ययन गरेको विद्यालयमा सहयोग गर्न पाउँदा निकै खुसी महशुस गरेको पनि बताइन् । सहयोग हस्तान्तरण कार्यक्रममा गरिमाको साथमा पति हरि शर्मा पनि उपस्थित थिए । 
 
 
कृष्ण धारावासीको चर्चित पुस्तक 'झोला' माथी आधारित भएर निर्माण भएको फिल्म 'झोला' बाट राष्ट्रिय अवार्डसहित सार्क फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनेत्रीको अवार्ड समेत जितेकी गरिमाले 'सुन्दर मेरो नाम', 'पराई', 'सासु नन्द भाउजु', 'मनले मनलाई छुन्छ', 'ठूली', 'सासु ससुरा', 'फूल', 'प्रितिको फूल', 'भैहाल्छ नी', 'जीवन मृत्यु' लगायतका फिल्महरुमा काम गरिसकेकी छिन् । गएको बर्ष उनी अभिनित फिल्म 'तीन घुम्ती' हलमा लागेको थियो । अहिले दर्शकहरु गरिमालाई फिल्ममा पुनः कमब्याक भएको हेर्न चाहन्छन् तर स्रोतका अनुसार अब उनी फिल्ममा फर्किने संभावना निकै न्यून छ । 
 
तश्वीर : गरिमाको फेसबुकबाट