मिति : २०८१ ज्येष्ठ ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

मात्र एक आँखाले देख्न सक्छन् 'बाहुबली' का भल्लाल देव

एजेन्सी, मुम्बई, 2017/05/01
'बाहुबली २' अहिले विश्वभर एकसाथ रिलिज भैरहेको छ । रिलिजको पहिलो दिननै धमाकेदार विजनेश गरेको यो फिल्मले विभिन्न रेकर्ड समेत बनाइसकेको छ । तर, के तपाईहरुले फिल्ममा भल्लाल देव बनेका राणा दग्गुबातीको जिन्दगीसँग जोडिएको एक सत्यता थाहा छ ? खासमा, राणा आफ्नो दायाँ आँखाबाट देख्न सक्दैनन् ।  उनलाई दायाँ आँखा सानैमा कसैले डोनेट गरेका थिए । तर, त्यसमा ज्योती भने थिएन् । 
 
राणाले यसको खुलासा एक तेलुगु च्याट शोको क्रममा गरेका छन् । यो शोमा सिलेब्स मानिसको मद्दतका लागि आउँछन् र एकदिन उनीहरुको जिन्दगी जिउने गर्छन । उक्त शोको क्रममा राणाले भने, 'के म तपाईहरुलाई एउटा कुरा भनौं ? म दायाँ आँखाबाट हेर्न सक्दिन । मात्र म बायाँ आँखाबाट देख्न सक्छु । यदी मैले बायाँ आँखा बन्द गरेभने केही पनि देख्दिन ।' 
 
राणाले लगभग आठ बर्षदेखी फिल्म इन्डस्ट्रीमा छन् । राणाले आफ्नो करिअरमा ठूला-ठूला भूमिका निर्वाहा गरिसकेका छन् । 'बाहुबली' बाट त उनी भारतमा मात्र होइन विदेशमा पनि फेमस भए । 
'बाहुबली २' गएको शुक्रबारबाट प्रदर्शन भैरहेको छ । २८ अप्रिलमा रिलिज भएको यो फिल्मले अहिले बक्सअफिसमा राम्रै पैसा छापेको छ । फिल्ममा प्रभास, राणा दग्गुबाती, अनुष्का शेट्टी, तमन्ना भाटिया र सत्यराज लीड रोलमा छन् ।