मिति : २०८१ ज्येष्ठ ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पूजालाई सुदर्शनको गुलावको फूल, पल पनि के कम ?

मनिष अन्जान, काठमाण्डौ, 2017/05/01
यति बेला एउटा फिल्मको खुबै चर्चा छ, त्यो हो 'म यस्तो गीत गाउँछु' । फ्लोरमा जानु अगाडिदेखी नै विभिन्न कारणले चर्चामा रहेको यो फिल्मको आइतबारबाट भने झन चर्चा चुलिएको छ । कारण, फिल्मको एक लभस्टोरी गीत सार्वजनिक भएको छ र अहिले यो गीतले युट्युबमा गज्जबकै रेस्पोन्स पाइरहेको छ । 
 
फिल्मका दुई लिड कलाकार पल शाह र पूजा शर्मा फिचरिङ 'भन्छु आज' बोलको गीतको भिडियामा कैद गरिएको उप्पर मुस्ताङको लोकेशनले सबैलाई लोभ्याउँछ । भिडियोमा पल र पूजाको जोडी पर्फेक्ट देखिएको छ । यो गीत हिजो आईतवार नायिका पूजा शर्माको बर्थडे केक काट्दै सार्वजनिक गरिएको हो । 
 
 
आज हामी तपाईहरुलाई फिल्म 'म यस्तो गीत गाउँछु' को गीत सार्वजनिक कार्यक्रममा देखिएका केहीँ रोचक प्रशंगको विषयमा जानकारी गराउँदैछौं । फिल्मको गीत सार्वजनिक र नायिका पूजा शर्माको बर्थडे सेलिव्रेशन गर्ने भनेर निर्माणपक्षले हिजो आइतबार पत्रकार, चलचित्रकर्मीहरुलाई साँझ ५:१५ को निम्तो पठाएको थियो । स्वभाविकै हो, नायिकाको बर्थडे भनेपछि कार्यक्रम ढिला हुने नै भयो । अझ पहिरन र मेकअपमा सबैभन्दा बढी सजक रहने पूजाको प्रतिक्षामा मिडियाका क्यामेरहरु झण्डै डेढ घण्टादेखी तर्सिएर बसेका थिए । 
 
निमन्त्रणा गरिएको भन्दा झण्डै २ घण्टा ढिलो गर्दै नायिका पूजा शर्मा 'म यस्तो गीत गाउँछु' मा आफ्नो जोडी बनेका नायक पल शाहको हात समात्दै एउटै गाडीबाट कार्यक्रम स्थलमा झुल्किइन् । आकर्षक पहिरनमा सजिएकी पूजाले सबैको ध्यान आफुतिर खिच्न सफल भईन् । पल पनि फिल्मकै लुक्समा देखिएका थिए । 
 
 
गाडीबाट ओर्लिएपछि गेटमै बसेका दर्जनौं मिडियाका क्यामेरा अगाडी पल र पूजाले हात समात्दै पोज-पोजमा तश्वीर खिचाए । त्यसपछि उनीहरु कार्यक्रमस्थलतर्फ लागे । गीत सार्वजनिक र बर्थडे सेलिव्रेशनका लागि सजाइएको हलमा पूजालाई बर्थडे वीस गर्न दर्जनौं चलचित्रकर्मी, शुभेक्छुकहरु फूलको गुच्छा लिएर बसेका थिए । जब पूजाको ईन्ट्री भयो तब एकपछि अर्को गर्दै उनलाई बर्थडे वीस गर्न भिड लाग्यो र पूजाले पनि अंकमाल गर्दै सम्मान व्यक्त गरिन् । 
 
त्यसपछि सुरु भयो औपचारिक रुपमा कार्यक्रम । फिल्मका निर्देशक सुदर्शन थापा, सिनेम्याट्रोग्राफर संजय लामा, कोरियोग्राफर कविराज गहतराज, संगीतकार अर्जुन पोख्रेल, नायक सरोज खनाल, नायिका रुपा राना, नायक पल शाह र नायिका पूजा शर्माले फिल्मको विषयमा आफ्नो विचार राखे । अनि फिल्मको 'भन्छु आज' बोलको गीत सार्वजनिक गरियो र थालनी भयो पूजाको बर्थडे सेलिव्रेशन । 
 
 
पूजाले फिल्म 'म यस्तो गीत गाउँछु' को टीमले निर्माण गरेको तीन स्टेपको चकलेटी केक काटिन् । बताइदिउँ, लामो समयदेखी पूजा शर्मा र निर्देशक सुदर्शन थापा अफयेरमा रहेको खबर छ, तर अहिलेसम्म उनीहरुले प्रेम सम्बन्धको स्वीकार भने गरेका छैनन् । यो कुरा हामीले यस कारण पनि जोडेका हौं कि नायिका पूजा शर्माले आफ्नो बर्थडे केक पहिला कसलाई खुवाउँछिन् भन्नेमा सबैको नजर अडिएको थियो । धेरैको यो अनुमान थियो कि प्रेमी भनिएका सुदर्शनलाई उनले आफ्नो बर्थडे केक पहिला खुवाउँछिन् तर त्यसो भएन् । पूजाले फिल्म 'प्रेमगीत' र 'म यस्तो गीत गाउँछु' मा आफ्नो पिताको भूमिका निर्वाहा गरेका नायक सरोज खनाललाई खुवाईन् । 
 
अनौठो त तब भयो जब सुदर्शनले गुलावको फूल दिँदै पूजालाई बर्थडे वीस गरे । उनले गुलावको फूलसँगै पूजा समक्ष आफ्नो प्रेम अभिव्यत्त गरेको पनि धेरैले अनुमान काटे । सुदर्शनले यो तब गरे जब कार्यक्रमस्थलमा पत्रकार र चलचित्रकर्मीहरुको कमी भैसकेको थियो । कसैले नदेख्ने तरिकाबाट उनले पूजालाई गुलावको फूल दिँदा उक्त दृश्य भने फिल्मीखबर डटकमका फोटो पत्रकार विवेक बस्यालको क्यामेरामा कैद भयो, जुन हामीले प्रकाशन पनि गरेका छौं । 
 
 
पूजाले बर्थडे केक काट्दा संगीतकार अर्जुन पोख्रेलले सार्वजनिक 'भन्छु आज' बोलको गीत गुनगुनाए र उनलाई साथ दिए नायक पल शाहले । यति मात्र कहाँ हो र पलले पूजाको हात समात्दै फिल्मी स्टाइलमा  सार्वजनिक 'भन्छु आज' बोलको गीत गाउँदै बर्थडे वीस गरे । पल र पूजा अभिनित फिल्म 'म यस्तो गीत गाउँछु' असार ३० गते रिलिज हुँदैछ ।