Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

विनोद चौधरीका छोराको बिहेमा जब सलमान पुगे...

एजेन्सी, मुम्बई, 2017/04/30
नेपालका उद्योगपति विनोद चौधरीका छोरा वरुण र जयपुरका ज्वेलरी व्यवसायी राजकुमार टोग्याकी छोरी अनुश्री गएको राती उदयपुरको जगमन्दिरमा एकअर्काको भएका छन् । उक्त विवाह समारोहमा उद्योगी, राजनीति र फिल्म क्षेत्रका चर्चित हस्तीहरु सहभागी थिए । श्रीलंकाका पीएम रोबिन विक्रमसिंघे, फिल्म अभिनेता सलमान खान, शत्रुघ्‍न सिन्हा र राजस्थानका सामाजिक न्याय अधिकारिता मन्त्री अरुण चतुर्वेदीसहित कयौं हस्तीहरु विवाह समारोहमा उपस्थित थिए । 
 
जगमन्दिरमा हिजो राती भएको विवाह समारोहमा सलमानको एक झलक हेर्नका लागि मानिसहरु भिड ठूलै लागेको थियो । विवाह कार्यक्रममा सलमान करिब एक घण्टा बसेका थिए र जब भिड कम हुन थाल्यो फेरी उनी विवाह स्थलमा पुगेका थिए । सलमानले विवाह समारोहमा पाहुनाहरुसँग निकै समय कुराकानी पनि गरेका थिए । 
 
बताइदिउँ, गएको बर्ष विनोद चौधरीले सलमान खानसँग विशेष कामको शिलशिलामा भेट गरेका थिए । त्यसपछि उनीहरुको सम्बन्ध घनिष्ट बन्दै गएको थियो । सलमानले विनोद चौधरीको निमन्त्रणालाई स्वीकार गर्दै वरुणको विवाह समारोहमा पुगेका हुन् । 
Most Visited News (monthly)