Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'मेरी कुसुम' : मोहनको एक्सनलाई 'पिजी'

फिल्मीखबर, काठमाण्डौ, 2017/04/30
जेठ २६ गतेबाट अलनेपाल रिलिज हुन तयार भएर बसेको फिल्म 'मेरी कुसुम' ले सेन्सर बोर्डबाट 'पिजी' सर्टिफिकेट पाएको छ । फिल्ममा समावेश एक एक्सनको दृश्यका कारण 'पिजी' सर्टिफिकेट पाएको सह–निर्माता रविन्द्र कुँवरले जानकारी दिए । फिल्मलाई सेन्सर बोर्डका सदस्यहरुले पनि रुचाएका छन् । 
 
मे ५ मा फिल्मको विशेष शो दुबईमा हुने भएकाले पनि यसको सेन्सर नेपाल प्रदर्शन भन्दा धेरै अगाडि गरिएको हो । एनआर घिमिरेको निर्देशनमा तयार भएको यो फिल्ममा मोहन बोगटी र हर्षिका श्रेष्ठको मुख्य भूमिका छ । कलाकार मोहन बोगटीले भने–‘हामीले यो फिल्ममा प्रेम कथाका साथमा सामाजिक बिषयलाई उठान गरेका छौ ।’ 
 
ट्रेलर रिलिजसँगै मोहनको एक्सनलाई पनि फिल्ममा खुबै रुचाइएको थियो । सुनिता शर्मा बोगटी यसको निर्मात्री हुन् । यो फिल्मको छायांकन म्याग्दी, पोखरा, काठमाण्डौ लगायतका क्षेत्रमा गरिएको छ । 
 
 
Most Visited News (monthly)