Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

यस्तो बन्यो 'हिटलर' ट्रेलर (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2017/04/30
जेठ १२ गतेलाई रिलिज डेट लक गरिएको फिल्म 'हिटलर' को ट्रेलर रिलिज भएको छ । फिल्मका दुई लिड कलाकार सोहित मानन्धर र सामिया बर्तौलाको प्रेम, रोमान्स र विछोडलाई ट्रेलरमा देखाइएको छ । त्यस्तै, मेनुका प्रधानको सस्पेन्स भूमिका र ए गुरुङको कमेडी संवादले ट्रेलरलाई झन स्वादिलो बनाएको छ । यो ट्रेलर केही दिनदेखी मल्टिप्लेक्स हलहरुमा भने रिलिज भएको थियो । 
 
चिनिमाया मानन्धरको निर्माणमा तयार भएको यो फिल्मलाई अष्टनारायण पिक्चर्सले प्रस्तुत गरेको हो । फिल्ममा लोचन घिमिरेको संगीत, कृष्ण के अच्छामीको कोरियोग्राफी, अरुनराज पौडेलको छायांकन, मित्र डी गुरुङको सम्पादन छ ।
 
सौरभ ढकाल निर्देशित यो फिल्म अष्टनारायण पिक्चर्स र न्यू क्रियटिभ मूभीको प्रस्तुतीमा अल्टरनेट मोसन पिक्चर्स र लोचन घिमिरे इन्कर्पोरेटको सहकार्यमा निर्माण भएको हो । नामकै कारण चर्चामा रहेको यो फिल्मको ‘मःम चाउमिन’ बोलको गीत हिट भैसकेको छ । 
 
Most Visited News (monthly)