Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.50/5.00)
Text size:-
+
-

कति छ 'मसूर गुलाटी' को सम्पत्ति ?

एजेन्सी, मुम्बई, 2017/04/30
भारतका चर्चित कमेडियन सुनिल ग्रोवर पछिल्लो पटक कपिल शर्मासँगको विवादका कारण खुबै चर्चामा छन् । विभिन्न कमेडी सोहरु गर्दै संघर्ष गरेका उनी हाल एक कमेडियन स्टार हुन् । उनको कमेडी गर्ने अन्दाजका कारण पनि दर्शकहरुमाझ कम समयमा नै नाम जमाउन सके । 'गुथ्थी', 'डाक्टर गुलाटी' जस्ता भूमिकाले उनलाई दर्शकमाझ नयाँ परिचय दियो ।
 
कलेजका दिनदेखि नै उनको कमेडीमा लगाव थियो । उनले भारतको पहिलो मौन कमेडीमा समेत काम गरे । उक्त सोमा उनले २६ भागसम्म काम गरे । उनले पञ्जावी फिल्ममा समेत काम गरेका छन् । सन् २०१६ मा आएको फिल्म बैशाखीमा उनले जिम्मी शेरगिलसँग काम गरेका थिए ।
 
 
सन् २०१६ मा सुनिल ग्रोवरको नेटवर्थ १५.६ करोड भारतीय रुपैयाँ रहेको छ । यो रकम सन् २०१७ मा २०० प्रतिशतले बढ्ने बताइएको छ । एउटा फिल्म खेलेको उनी २२ लाख भारतीय रुपैयाँ लिन्छन् ।
 
सुनिल ग्रोवरका केही राम्रा लक्जरी कारहरु रहेका छन् । उनीसँग रेन्ज रोभर, विएमडब्लु, अउडी कारहरु छन् । त्यस्तै, उनको मुम्बर्इमा घर रहेको छ । उनले सन् २०१३ मा उक्त घर किनेका थिए । उक्त घरको मुल्य २.५० करोड भारतीय रुपैयाँ रहेको छ । सुनील ग्रोवर भारतमा सबैभन्दा धेरै पारिश्रमिक लिने कमेडियनको सुचीमा समेत पर्छन् ।
 
Most Visited News (monthly)