मिति : २०८१ वैशाख २३, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

टिभीमा बारम्बार किन आउँछ 'सूर्यवंशम' ?, यो हो कारण !

एजेन्सी, मुम्बई, 2017/04/29
च्यानल ट्यून गर्ने बेला एक फिल्म यस्तो छ, प्राय सधै देख्ने गरिन्छ । फिल्मको नाम हो 'सूर्यवंशम'। यो फिल्मले टिभीमा कयौं पटक टेलीकास्ट हुनेको रेकर्ड समेत बनाएको छ । फिल्मका हीरा ठाकुर, राधा, गौरी र मेजर रन्जीतको नाम प्रत्येक मानिसहरुको जिब्रोमा झुण्डिएको छ । 
 
यो फिल्मका धेरै सिन र डाइलगहरु प्राय अधिकांशलाई स्पष्ट थाहा छ । सोसल मिडियामा त फिल्मलाई लिएर कयौं जोक्स पनि बनेका छन् । तर, हालैमा फिल्म सूर्यवंशम टिभीमा बारम्बार आइरहनुको कारण बाहिरिएको छ ।  
 
बारम्बार फिल्म टिभीमा देखिनुको कारण यो हुन सक्छ कि फिल्म 'सूर्यवंशम' २१ मे, १९९९ मा रिलिज भएको थियो र त्यसै बर्ष म्याक्स च्यानल पनि सुरु भएको थियो । सोनी म्याक्सका मार्केटिंग हेड वैशाली शर्माले भने, 'च्यानलले यो फिल्मको सय बर्षको राइट्स खरीद गरेको छ । यसै कारण यो फिल्म बारम्बार रिलिज हुने गर्छ ।' फिल्ममा अमिताभ बच्चनको डबल रोल छ । च्यानल सेट म्याक्स अहिले सोनी म्याक्समा मर्ज भैसकेको छ ।