मिति : २०८१ वैशाख २३, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

'छक्का पन्जा २' मा श्रीमतीसँग देखिँदैछन् 'माग्ने बुढा' ?

फिल्मीखबर, काठमाण्डौ, 2017/04/28
हास्यटेलिसिरियल 'मेरी बास्सै' बाट हिट भएको एक नाम हो केदार घिमिरे (माग्ने बुढा) । 'मेरी बास्सै' ले केदारलाई मात्र होइन अन्य धेरै कलाकारलाई पनि स्टार बनायो । केही बर्षयता दर्शकहरुले 'माग्ने बुढा' लाई हास्यटेलिसिरियलमा देख्न पाएका छैनन् तर उनी अभिनित फिल्महरु भने दर्शकहरुले हेर्न पाइरहेकै छन् । गएको बर्ष रिलिज भएको सुपरहिट फिल्म 'छक्का पन्जा' मा केदार घिमिरेले मुख्य भूमिका प्ले गरेका थिए । 
 
केही महिनादेखी 'माग्ने बुढा' को स्वास्थ्य अवस्थाको विषयमा धेरै खबरहरु बाहिर आइसकेकै छन् । अहिले पनि उनी दैनिक औषधी सेवन गरिरहेकै छन् । हिजो बिहीवारबाट छायांकन आरम्भ भएको 'छक्का पन्जा २' मा समेत लिड रोलमा रहेका केदार घिमिरेले हामीसँगको कुराकानीको क्रममा केही दिन अगाडी स्वास्थ्यमा पुनः समस्या आएको र अहिले औषधीको मात्रा बढाएको बताए । 
 
'छक्का पन्जा' को शुभसाइतको अवसरमा श्रीमती सितादेवी घिमिरे (उल्का अचम्म) सँग भक्तपूरको सूर्यविनायकमा रहेको मन्दिरमा एकसाथ देखिएका केदार घिमिरे (माग्ने बुढा) ले आफुले यो सफलता हासिल गर्नुको पछाडी श्रीमतीको ठूलो हात रहेको बताए । उनले भने, 'प्रत्येक श्रीमतीले श्रीमानलाई माया त उतिक्कै गर्छन तर मलाई उनले गर्ने मायाको बयान गर्न सक्दिन् । म आज जहाँ छु त्यो उनकै कारणले संभव भएको हो ।' 
 
 
बताइदिउँ, केदार घिमिरे (माग्ने बुढा) की श्रीमती सितादेवी घिमिरे पनि एक हास्यकलाकार हुन् । अहिले उनी युटयुबबाट सार्वजनिक हुने 'खासखुस' मा 'उल्का अचम्म' को क्यारेक्टर निर्वाहा गर्दै आइरहेकी छिन् । हामीले माग्नेकी श्रीमती सितादेवीसँग प्रश्न गर्यो 'किन अभिनयमा आउन ढिला गर्नुभयो ?' र उनले उत्तर दिँदै भनिन्, 'पहिला उहाँ सँग-सँगै आउन त बच्चाहरु सानै थिए । बच्चाहरुलाई हुर्काउनु पर्यो, बच्चाहरुलाई नै समय दिनु पर्यो त्यसैले अभिनयमा आउन पाएकी थिइन् । अहिले बच्चाहरु पनि ठूला भए र म पनि खाली हुन थालेपछि अभिनयमा फर्किएकी हुँ । यसअघि मैले 'मेरी बास्सै' मा पनि ७ भाग जतिमा अभिनय गरेकी थिएँ ।' 
 
यस्तैमा हामीले केदार घिमिरेलाई प्रश्न गर्यो 'अब दर्शकहरुले टेलिभिजनमा माग्ने बुढालाई कैले हेर्न पाउने ?' अनि उत्तर फर्काउँदै उनले भने, 'अहिले म सबैको हौसला, माया र साथसँगै औषधी र आफ्नै बलले रोगलाई जित्नमै लागिरहेको छु । म अहिले यतिसम्मको भए, अब त सक्छु जस्तो लाग्छ । 'छक्का पन्जा २' मा पनि मेरो काम सजिलै छ । मान्छे बोक्नु पर्दैन ।' 
उनले 'छक्का पन्जा' मा आफ्नो भूमिका ब्रोकर जस्तो रहेको बताए । खबरका अनुसार, केदार घिमिरे र सितादेवी एकसाथ फिल्म 'छक्का पन्जा' मा पनि देखिँदैछन् । तर, यसविषयमा अहिलेसम्म निर्माणपक्षबाट कुनै जानकारी प्राप्त भएको छैन् ।