मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रहेनन् बलीउड अभिनेता विनोद खन्ना

एजेन्सी, मुम्बई, 2017/04/27
भारतका चर्चित फिल्म अभिनेता विनोद खन्नाको ७० वर्षको उमेरमा बिहीवार निधन भएको छ। उनी लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए । केही समय अघिदेखि गिरगाउँस्थित एचएन रिलायन्स फाउन्डेसन एन्ड रिसर्च सेन्टरमा उनको उपचार भैरहेको थियो । 
 
१४४ वटा चलचित्रमा काम गरेका खन्ना पन्जाबस्थित गुरदासपुरबाट भारतीय जनता पार्टीका सांसद थिए । उनलाई अन्तिम पटक सन् २०१५ मा शाहरुख खान–काजोल अभिनित चलचित्र ‘दिलवाले’ मा देखिएको थियो । 
 
सय भन्दाबढी बलीउड फिल्ममा अभिनय गरिसकेका उनी पत्नी कविता खन्ना छोराहरु राहुल, अक्षय र छोरीहरु श्रद्धा खन्नासँग बस्दै आएका थिए। उनी सन् १९७० देखि १९८० दशकमा बलिउडमा सबैभन्दा बढी खोजिने नायक समेत हुन् । 
 
उनले सन् १९९९ मा फिल्मफेयर लाइफटाइम अवार्ड, बेस्ट सपोर्टिङ एक्टर विधामा फिल्मफेयर अवार्ड र सन् २००७ मा जिसिने अवार्डको लाइफ टाइम अवार्ड पाएका थिए। करिअर राम्रो चलिरहेको समयमा उनी सन् १९८२ मा कामबाट ब्रेक लिएर उनका गुरु रनजीश ओशोको आश्रममा पुगेका थिए। त्यो समय उनले फिल्मी करिअर पूर्णतः छोडेका थिए । पाँच वर्षपछि उनले पुनः फिल्महरु साइन गर्न थाले र दुई फिल्म 'इन्साफ' र 'सत्यमेभ जयते' सुपरहिट भएको थियो।