Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

पलको बिहे हेर्न मन छ आँचललाई, पल भन्छन्, 'बिहे २५ र ३० को बीचमा'

फिल्मीखबर, काठमाडौं, 2017/04/27

दर्शकहरुले नायक पल शाहलाई सयौं म्यूजिक भिडियोपछि फिल्म 'नाई नभन्नू ल ४' मा पहिलो पटक देखे । म्यूजिक भिडयोबाटै राम्रो 'फ्यान फलोइंग' कमाएका पल शाह अहिले नेपाली फिल्मका आशलाग्दा अनुहार हुन् । 'नाई नभन्नू ल ४' हिट भएपछि अहिले पलको माग र चर्चा देख्दा अन्य सेलिब्रेटीहरु समेत लोभिने गर्छन् ।

'नाई नभन्नू ल ४' मा एकसाथ काम गरेका पल शाह र नायिका आँचल शर्माको जोडी दर्शकहरुले दोस्रो पटक पर्दामा देख्न पाउँदैछन् 'जोनी जेन्टलम्यान' मा । यो फिल्म जेठ १९ गतेबाट रिलिज हुँदैछ । प्रेम सम्बन्धमा रहेको खबरका कारण पनि चर्चामा रहेको यो जोडीले हिजो बुधवार दिलशोभा श्रेष्ठले सञ्चालन गरेको आमाघरमा आश्रय लिएर बसेका २२ जना आमाहरुलाई मातातिर्थ औंशीको अवसरमा लत्ता कपडा, फलफूल सहयोग गरे । आमाघरमा बसिरहेका आमाहरुलाई सहयोग गरेपछि हामीसँग कुरा गर्दै पल र आँचलले आमाहरुलाई सहयोग गर्न पाउँदा खुशी महशुस गरेको बताए ।

फरक प्रशंगमा हामीले पल शाहलाई प्रश्न गर्यो 'घरबाट विवाहको लागि कतिको दबाव आउँछ ?' अनि पलले उत्तर दिँदै भने, 'आमा-बुबाले २/३ बर्ष अगाडीसम्म चाहीँ विवाहको कुरा गरिरहनु भएको थियो । मेरा कति साथीहरुको पनि विवाह भैसक्यो, यस कारण पनि आमाबुबालाई मेरो विवाह होस् भन्ने इच्छा लाग्नु स्वभाविकै हो । तर मैले आमालाई मेरो लक्ष्य यो हो, म यस्तो ठाउँमा पुगेपछि मात्र विवाह गर्छु भनेपछि आमाले बुझ्नु भयो । त्यसपछि विवाह गर्न कर गर्नुहुन्न ।'

'साथीहरुको छोरा-छोरी देख्दा बिहे गर्न मन लाग्दैन ?' हामीले फेरी अर्को प्श्न पललाई तेर्सायौं अनि पलले अगाडी भने, 'साथीहरुको छोरा-छोरी देख्दा मलाई बिहे गरुँ-गरुँ त लाग्दैन । किनकी अहिले म करिअरलाई नै लिएर चिन्तित छु । म अहिले २५ बर्षको भएँ । ३० बर्ष भित्रमा विवाह गरिसक्छु ।'

त्यस्तै, उनको आँडैमा रहेकी आँचल शर्मालाई पनि हामीले सोही प्रश्न सोध्यौं 'बिहे गर्न मन लाग्दैन ?' अनि आँचलले उत्तर दिँदै भनिन्, 'मेरो त अहिलेसम्म बिहेको कुरा समेत चलेको छैन् । मलाई त घरमा बिहेको कुरा चलेको हेर्न खुबै मन छ । म घरमा पनि अरुको विवाहको कुरा चल्दा भन्छु मेरो चाहीँ विवाहको कुरै चल्दैन त किन ? मलाई चाहीँ विवाह गरेर श्रीमानको घर जानुभन्दा पनि त्यो रातो पहिरन अनि रानी हार लगाउन खुबै मन छ । म विवाह गर्न ढिलो चाहीँ गर्दिन ।'
उनले ठट्यौलीमै भनिन्, 'मलाई त पल शाहको बिहे खान पनि हतार छ ।'
 
'बाहिर त तपाई र पल शाहको अफयेरको हल्ला पनि खुबै चलिरहेको छ नी, यस विषयमा के भन्नु हुन्छ ?' भन्ने हाम्रो प्रश्नको उत्तर दिँदै आँचलले भनिन्, 'म र पलबीचमा एउटा आत्मिय सम्बन्ध छ । म पललाई आफ्नो अभिभावकको रुपमा हेर्छु । हाम्रो विवाह हुनलाई भित्री मन मिल्नु पर्छ, तर अहिलेसम्म त्यस्तो भएको छैन् । हामी मिल्ने साथी मात्र हौं ।'
पल र आँचलले फिल्म 'जोनी जेन्टलम्यान' मा दर्शकहरुले खोजेकै मसला भट्ने दावी गरे ।
 

Most Visited News (monthly)