मिति : २०८१ वैशाख २६, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

रिलिज अगावै 'बाहुबली २' भयो लिक

एजेन्सी, मुम्बई, 2017/04/27

यस बर्षको बहुप्रतिक्षित दक्षिण भारतीय फिल्म 'बाहुबली २' को चर्चा यति बेला विभिन्न कारणले छ । केही दिन अगाडी फिल्मका प्रोड्यूसर शोबू यारलागड्डाले एमिरेट्स एयरलाइन्समाथी रंगभेदको आरोप लगाए र अहिले खबर बाहिर आएको छ कि फिल्मको केही सिन लिक भएको छ ।

रिपोर्ट्सका अनुसार, धेरै सोसल प्लेटफर्मसमा फिल्मको प्रिभ्यू शोबाट केही भिडियो यतिबेला भाइरल बनेका छन् । बताईएअनुसार भिडियोलाई ट्विटरमा पनि पोस्ट गरिएको थियो, तर अहिले उपलब्ध भने छैन । तर, फिल्मका प्रोड्यूसर शोबू यारलागड्डाले यो खबरको खण्डन गरेका छन् ।

उनले ट्विटरमा लेखेका छन्, 'विभिन्न देशहरुको सेन्सर बोर्ड बाहेक बाहुबली २ अन्य काहीँ कतै देखाइएको छैन् ।' बताइदिउँ, बाहुबलीको पहिलो भाग पनि रिलिज अगावै अनलाइनमा लिक भएको थियो, जसमा प्रभास र अनुष्का शर्मा आर्मीको युद्धका लागि तयारी गरिरहेका थिए ।

खबरका अनुसार, फिल्मको पहिलो विकेन्डको लगभग सबै टिकट बुक भैसकेको छ । केही ट्रेड एनालिस्टका अनुसार, 'बाहुबली २' हजार करोड कमाउने पहिलो भारतीय फिल्म बन्न सक्छ । फिल्म दुनियाँभर ५ हजार स्क्रिनमा रिलिज हुँदैछ ।  

२५० करोडमा बनेको 'बाहुबली : द कन्क्लूजन' मा प्रभास, राणा दग्गुबाती, अनुष्का शेट्टी, तमन्ना, राम्या कृष्णन र सत्यराज महत्वपूर्ण भूमिकामा छन् ।