मिति : २०८१ वैशाख १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

२२ जना आमाको मुख हेर्न पुगे पल र आँचल

फिल्मीखबर, काठमाण्डौ, 2017/04/26
जेठ १९ गते रिलिज हुन लागेको फिल्म 'जोनी जेन्टलम्यान' मा मुख्य भूमिका निर्वाहा गरेका नायक पल शाह र नायिका आँचल शर्माले बुधवार मातातिर्थ औंशीको अवसर पारेर दिलशोभा श्रेष्ठले सञ्चालन गरेको आमाघरमा आश्रय लिएर बसेका २२ जना आमाहरुलाई लत्ता कपडा, फलफूल सहयोग गरेका छन् । 
 
सोही अवसरमा 'जोनी जेन्टलम्यान' टीमले आमाघरका आमाहरुसँग संयूक्त रुपमा केकसमेत काटेको थियो । कार्यक्रममा 'जोनी जेन्टलम्यान' का निर्देशक नीतिन चन्दसहित फिल्मका अन्य सदस्यहरु समेत उपस्थित थिए । 
 
 
एन्ड्रियु पौडेलको निर्माण रहेको यो फिल्ममा जोनीको भूमिकामा रहेका पललाई निर्देशक नीतिनले एंग्री योङ म्यानका रूपमा देखाउन खोजेका छन् । फिल्ममा पल र आँचल प्रेमजोडीको रुपमा प्रस्तुत भएका छन् ।