मिति : २०८१ वैशाख १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'काले दाई' पछि 'पर्व' ट्रेलर बन्यो नम्बर वान

फिल्मीखबर, काठमाण्डौ, 2017/04/26
जेठ १२ गतेलाई रिलिज डेट लक गरिएको फिल्म 'पर्व' को 'काले दाई' बोलको गीत यसअघि नै हिट छ । युटुबमा चाँडै करोड भ्यू पाउन लागेको काले दाईले नेपाली बजारमा राम्रै हंगामा मच्चाइरहेको अवस्थामा फिल्मको ट्रेलर केही दिन अगाडी रिलिज भयो । 
 
'काले दाई' ले जसरी अहिले युटुबमा हंगामा मच्चाइरहेको छ, त्यसरी नै ट्रेलरले पनि अहिले राम्रै धुम मच्चाएको छ । सार्वजनिक भएको २ दिनपछि फिल्मको ट्रेलरले नेपाल ट्रेन्डिङमा नम्बर १ को स्थान कब्जा गरेको छ । बताइदिउँ, 'काले दाई' बोलको गीत पनि झण्डै एक हप्ता नेपाल ट्रेन्डिङमा नम्बर १ स्थानमा थियो । 
 
निर्देशक दिनेश राउतले भने–‘नेपाल ट्रेन्डिङमा नम्बर १ को स्थानमा पुग्दा खुशी त लागेको छ नै । मलाई त्यो भन्दा पनि दर्शकले दिनु भएको प्रतिक्रियाले अझ बढी उत्साह थपेको छ ।’
 
 
गोपिकृष्ण टीभी फिल्मीको निर्माण र सुवास इन्टरटेन्मेन्टको प्रस्तुतीमा तयार भएको यो फिल्ममा नम्रता श्रेष्ठ, कोशिश क्षेत्री, माला लिम्बु, जेबिका कार्की लगायतका कलाकारको मुख्य भूमिका छ ।
 
सुवास गिरी र निकिता पौडेलले यो फिल्म निर्माण गरेका हुन् । चलचित्रको ट्रेलरमा प्रेम, रोमान्सको साथमा सस्पेन्सलाई महत्व दिइएको छ । यसैबिच, मातातिर्थको अवसर पारेर फिल्मको फस्टलुक पनि रिलिज गरिएको छ ।