Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

साम्राज्ञीको 'तिमीसँग' मा करिश्माको ईन्ट्री

फिल्मीखबर, काठमाण्डौ, 2017/04/26
डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा आवद्ध भएपछि नायिका करिश्मा मानन्धर फिल्मबाट टाढै छिन् । विभिन्न जिल्लाहरुमा हुने आमसभालाई सम्बोधन गर्नमा नै प्राय व्यस्त हुँदै आएकी करिश्मालाई दर्शकहरुले चाँडै ठूलो पर्दामा देख्न पाउने भएका छन् । हालैमा उनले फिल्म 'तिमीसँग' को एक लोक गीतमा कम्मर मर्काएकी छिन् । 
 
हिजो सुट गरिएको फिल्मको एक लोक गीतमा मात्र करिश्मा देखिनेछिन् । साम्राज्ञीराज्य लक्ष्मी शाह, आकाश क्षेष्ठ, नाजिर हुसेन लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको 'तिमीसँग' मा नायक निखिल उप्रेतीको पनि गेस्ट रोल रहेको स्रोत बताउँछ । तर, यस विषयमा फिल्मका निर्देशक शिशिर रानाले केही बोल्न चाहेनन् । 
 
 
'फिल्मको एक गीत मात्र गर्न करिश्मा मानन्धर कसरी मान्नुभयो ?' भन्ने हाम्रो प्रश्नको उत्तर दिँदै निर्देशक शिशिर रानाले भने, 'उहाँको धेरै फिल्ममा मैले काम गरेको छु । उहाँको र मेरो आत्मिय सम्बन्ध छ । मैले 'तिमीसँग' गर्दैछु भनेको बेलादेखी नै उहाँले मलाई भन्नु भएको थियो कि एक गीत चाहिँ म गर्छु । त्यसै कारण उहाँले 'तिमीसँग' को एक लोक गीतमा कम्मर मर्काउनु भएको हो ।' 
 
हिजोबाट सुरु भएको गीत भोलीसम्म खिचिने निर्देशक रानाले जानकारी दिए । उनका अनुसार, हालै खिचिएको 'तिमीसँग' को लोक गीतमा करिश्मा मानन्धर अभिनित हिट फिल्मका नामहरु समेत समावेश गरिएको छ । 
 
बालाजुस्थित एनएफडिसी लगाइएको सेटमा कोरियोग्राफर रामजी लामिछाने करिश्मासहित फिल्मका लिड कलाकार साम्राज्ञी राज्यलक्ष्मी शाह, आकाश श्रेष्ठ, नाजिर हुसेन र अनुपम श्रेष्ठलाई कम्मर मर्काउन सिकाइरहेका छन् । फिल्ममा ७ गीतहरु समावेश छन् । 
Most Visited News (monthly)