मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निखिल र निशाको प्रेममा के शिल्पा हुन् 'भिलेन' ?

फिल्मीखबर, काठमाण्डौ, 2017/04/26
बैशाख १ गते रिलिज भएको फिल्म 'राधे' को विजनेश र दर्शक प्रतिक्रियाबाट प्रफुल्लित नायक निखिल उप्रेती अहिले फिल्म 'भिलेन' को काममा व्यस्त छन् । रौतहटमा धमाधम सुट भैरहेको फिल्म 'भिलेन' मा नायक निखिल उप्रेती, नायिका निशा अधिकारी र नायिका शिल्पा पोख्रेलको लिड रोल छ ।
 
फिल्मका लागि रौतहटमा रहेकी नायिका शिल्पालाई हामीले प्रश्न गर्यौ 'फिल्ममा भिलेन चाहिँ को हो ?' अनि उनले उत्तर दिँदै भनिन्, 'फिल्ममा को भिलेन भन्ने छैन् । अन्तरजातिय विवाहमा फिल्म बन्न लागेको हो । अन्तरजातिय विवाहमा कति जना भिलेन हुन्छन्-हुन्छन् नी ।' 
 
चैत २८ गतेबाट छायांकन सुरु भएको फिल्म 'भिलेन' मा नायक निखिल उप्रेतीसँग नायिका निशा अधिकारीको जोडी बाँधिएको छ । यसअघि फिल्म 'लुटेरा' मा एकसाथ देखिएका थिए निखिल र निशा भने शिल्पाले पहिलो पटक निखिलसँग काम गर्न लागेकी हुन् । 
फिल्मका निर्देशक देवेन्द्रराज पाण्डेले 'भिलेन' को विषयमा बोल्दै भने, 'फिल्ममा को भिलेन छ भन्ने चाहिँ हलमा गएपछि मात्र थाहा हुनेछ । तर फिल्ममा निखिलसँग निशाको जोडी बाँधिएको छ ।' उनले फिल्म पूर्णतया प्रेमथामा आधारित भएर निर्माण हुने बताए । ८० प्रतिशत रौतहट र २० प्रतिशत विरगञ्जमा खिचिने 'भिलेन' लाई कपिल खत्रीको निर्माण गरेका हुन् । फिल्ममा कपिल आफै लिड रोलमा छन् ।